मुख्यमन्त्री जम्कट्टेलले नयाँ सरकार निर्माणको बाटो खुल्ला गर्ने : नयाँ मुख्यमन्त्रीमा बानियाँ र लामाको दावी

- असार २९, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साउन पहिलो साता नयाँ सरकार निर्माणको बाटो खुल्ला गर्ने भएका छन् । उनले प्रक्रियागत रूपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजना बनाएको बताएका हुन् ।

विश्वासको मत लिने विषयमा तत्काल मिति तय नगरिएको बताउँदै उनले सत्ता गठबन्धनका दलहरुबिच छलफल गरेर निर्णय गर्ने जानकारी दिए । दलहरूसँगको छलफलका आधारमा एमाले कांग्रेस गठबन्धनबाट सरकार निर्माणका लागि बाटो खुल्ला गरिदिने उनको भनाई छ बताए । ‘आइतबार सरकारमा रहेका दलहरूसँगको छलफलमा विश्वासको मत लिने मितिको बारेमा निर्णय हुन्छ । मैले मिति तय गरेको छैन । साझेदार दलहरूसँगको छलफल पछि संसद् सचिवालयमा पत्र पठाउँछु,’ उनले भने ।

नयाँ समीकरणका दलहरू केन्द्रमा सरकार निर्माणमा जुटेको र आइतबार नै नयाँ सरकार गठन हुने भएकाले सो पश्चात् एमाले कांग्रेसले प्रदेशको तयारी थाल्ने मुख्यमन्त्री जम्कट्टेलले बताए ।‘म आफैँ धेरै समय लिने तयारीमा छैन । विश्वासको मत लिएर वा राजीनामा दिए पनि नयाँ सरकार गठनमा मार्ग प्रशस्त गर्ने हो । प्रक्रियागत रूपमा सरकार निर्माणको लागि सहज वातावरण तयार हुनेछ ।

मुख्यमन्त्रीका दावेदार बानियाँ र लामा

बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ । मुख्यमन्त्रीमा कांग्रेसले दावी गरिरहेको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्रीका दाबेदार छन् । त्यो सँगै बागमती प्रदेशका सभापति इन्द्र बहादुर बाँनिया पनि मुख्यमन्त्रीको दावेदारको रुपमा उभिएका छन् ।
नुवाकोटका लामा र हेटौंडाका बानियाँ बिच अहिले मुख्यमन्त्री पदको लागि रस्साकस्सी चलिरहेको छ ।

दुबैले आ आफनो तर्फबाट जोडबलका साथ लबिङबाजी गरिरहेका छन् । बागमती प्रदेशमा दुबै नेता अब्बल र एक से एक मानिएका छन् । दुबै आ आफनो दावेदारीलाई कायम राख्दै अहिले कांग्रेस केन्द्रमा आफनो पक्ष बलियो बनाउन लागि परेका छन् ।

केन्द्रको निर्णय नै प्रदेशको निर्णय हुने भएकोले दुबै नेताहरु अहिले केन्द्रमा आफनो पहुँच बढाउन लागि परेका छन् । बानियाँ यस अघि पनि मुख्यमन्त्रीकोे दावेदारको रुपमा उभिएका थिए । तर त्यो बेलाको सत्ता समिकरणले उनलाई मुख्यमन्त्री पद हासिल गर्न सहज भएन । लामाको हकमा भने अहिले संसदीय दलको नेताकोे हैसियतले उनको दावीलाई स्वभाविक मानिन्छ ।

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर