दाहालले अल्झाएका राजनीतिक धागोलाई चुढ्न सफल एमाले अध्यक्ष ओली

- असार ३०, २०८१ मा प्रकाशित


 

सुधीर नेपाल 

३०, असार ।
ठीक ३ वर्षअघि, २०७८ असार २८ गते सर्वोच्च अदालतको ‘परमादेश’ पछि एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हन्तान्तरण गर्न बाध्य भएका थिए ।अहिले त्यसको ३ वर्ष पछि आएर फेरी एमाले अध्यक्ष ओली सत्ता सञ्चालकको रुपमा जिम्मेवारी निर्वाह गर्दैछन् । सोमबार देखी राज्यको नेतृत्वको हर्ताकर्ताको रुपमा उदाउने भएका छन् ।

राजनीतिक तानाबुनाको अगाडी अध्यक्ष ओलीलाई कसैले पनि भेट्न नसके पनि उनले बोल्ने टुक्का र बोलीको अगाडी भने अध्यक्ष ओलीलाई कसैले जित्न नसक्ने दावी उनको दलका नेताहरु नै गर्छन् ।उखान टुक्का र बोली आफना स्थानमा छन् । अब अध्यक्ष ओलीको नेतृत्वको सरकारले देशमा घटेका बिधमान समस्याहरुको स्थायी समाधान तर्फ ध्यान दिनुपनि जरुरी देखीएको छ ।

देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय पनि हो । यसर्थ राजनीति खराब हुँदा हुँदै पनि राज्य संचालनका लागि अपरिहार्य हुन्छ । यसो भन्दैमा राजनीति त्यति खराब विधा पनि हैन, यसका केही नैतिक मूल्य, मान्यता, आदर्श र उद्देश्य अवश्य हुन्छन् । राजनीतिमा चाणक्य चतुरता, छलछाम, तिकडम, धुर्तता र बठ्याई अवश्य हुन्छ, तर त्यसको पनि एउटा नैतिक सीमा, मर्यादा र समझदारी हुन्छ । राजनीतिमा नैतिकता र इमानदारिता हुनैपर्छ । माफीया डनहरु गलत काम गर्छन्, आपराधिक काम गर्छन् । नेपाली राजनीति भने माफीया डनहरुले गर्ने गन्दा धन्दा भन्दा पनि गएगुज्रेको भइसकेको छ ।

हाम्रो राजनीतिका खेलाडीहरुले इमान्दारीको न्यूनतम मापदण्ड पनि पुरा गर्न छाडेका छन् । विश्वासको सामान्य आधार पनि खडा गर्न असमर्थ छन् । धोकाधडी अहिले नेपाली राजनीतिको मूल चरित्र बन्न पुगेको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमति र समर्थनमा असार ३१ गते सोमबार ओलीले प्रधानमन्त्री पद फेरि प्राप्त गर्नेछन् । तेस्रो दल माओवादी केन्द्र प्रतिपक्षीको लहरमा बस्ने भएको छ ।

उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई ठूला दलको बीच सकेसम्म खेल्ने मौकाको खोजी रहेका हुन्छन् । त्यसतर्फ पनि कांग्रेस सभापति देउवा र अध्यक्ष ओलीले ध्यान दिनु जरुरी छ । नेपाली कांग्रेस र एमाले नै तेस्रो दलको चुरीफुरी समाप्त गर्ने र दाहालको सेखी झार्न संसद्को बाँकी कार्यकाल सरकारको नेतृत्व आलोपालो गर्न राजी भएका हुन् ।  शर्त अनुसार १५ महिनापछि एमाले अध्यक्ष ओलीले फेरि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्नेछ ।

माथि भनिए झै अध्यक्ष ओलीमा पनि माओवादी केन्द्रका अध्यक्ष दाहालको जस्तै धोकाधडीको शैलीले मन भित्र बास बस्न थाल्यो भने फेरी नेपाली राजनीतिले कोल्टे फेर्ने अवस्था नआउला भन्न सकिदैन । त्यसैले अध्यक्ष ओलीले सोच्नु पर्ने मूल बिषय भनेको धोखाधडीको राजनीति पनि हो । सबैलाई मिलाएर राष्ट्रिय एकता कायम गर्छु भन्न ढिंगोरा पिट्न माहिर मानिएका माओवादी केन्द्रका दाहाल राजनीतिका धोखाधडीको लागि पनि कुशल खेलाडी चुनिएका छन् । जसले सहयोग गर्यो । उसलाई पछाडि छोड्नु भनेको प्रधानमन्त्री दाहालको अर्को राजनीति कला हो ।

जसलाई बिगतमा कांग्रेस सभापति देउवाले बुझ्न सकेनन । बल्ल अहिले आएर सभापति देउवाले प्रधानमन्त्री दाहालको राजनीतिक धोखाधडीलाई बुझेको अनुमान राजनीतिक परिवृतमा सुनिन थालीएको छ । आफनो फाइदा हुन्जेल त्यो जसलाई पनि आफनो वरपर घुम्न दिने तर जब त्यो व्यक्ति आफनो सर पर्न छाड्छ त्यसको उछितो काड्न तर्फ माओवादी केन्द्रका अध्यक्ष दाहाल लागि हाल्छन् यसलाई उनको राजनीतिक कला भन्दा पनि फरक पर्दैन ।

दाहालका राजनीतिक जीवनका यात्रामा यस्ता घटनाहरुलाई सामान्य रुपमा लिने गरिन्छ । हुन् राजनीति गर्नेको एउटा बानी नै हुन्छ । त्यो हो बोलीले मिठो बोल्ने भित्री आत्मामा कुण्ठा जगाउने । यही दाहाल प्रवृति ओलीमा जाग्यो भने अब चाँही नेपाली जनमानसले राजनीतिक दलका नेतृत्व माथि बिश्वास गर्ने कुनै बाटो रहने छैन् । त्यसैले अध्यक्ष ओलीले सादुवादको नेतृत्व गर्नु पनि जरुरी देखीन्छ ।

नेपालको राजनीतिक हिसाबकिताबमा जोड घटाउको खेलोमा प्रफ्ेक्ट मानिएका म्याथम्याटिक्सका चतुर खेलाडीको उपमा पाएका माओवादी केन्द्रका अध्यक्ष दाहाल जहिले पनि नेपाली राजनीतिलाई आफ्नै वरिपरी घुमाउन सक्ने क्षमता भएका राजनीतिक पुरुष हुन् । अहिले जसरी दाहालले राजनीतिक दलका बरिष्ठ राजनेताहरुलाई दौडाई रहेका थिए । त्यसले नेपालको राजनीतिक भविष्य कसको हातमा रहेछ भन्ने कुराको राम्रै संकेत गर्थ्यो

तर संकेतलाई परिणाम दिन दाहाल एक्लैले गर्न नसक्ने भएकोले दाहालले देउवालाई आफनो चेपुवामा राम्ररी अल्झाएका थिए । किन कि यी दुबै सत्ता र शक्ति बिना एक मिनेट पनि टिक्न नसक्ने पुरुषहरु हुन् । हुन् यसो भन्दै गर्दा एमाले अध्यक्ष ओली सादु हुन् भन्न खोजीएको होइन । उनी पनि मौकाको खोजीमा लागिरहने राजनीतिज्ञ हुन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले अल्झाएका धागोलाई एमाले अध्यक्ष ओलीले चुढ्न त सफल भए तर यो सफलतालाई कसरी प्रयोग गर्ने भन्ने चाँही अध्यक्ष ओलीको हातमा छ ।

 

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर