बागमती करिडोर : सूचना टाँसेको छ, तर वैकल्पक यात्रा कहाँ गर्ने ? बाटो साँगुरो भएर ट्राफिक जाम
- असार ३०, २०८१ मा प्रकाशित
कासिन न्यूज,
ललितपुर ।
सानेपा स्थित बागमती करिडोरमा हरेक वर्ष वर्षाको समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माणको जिम्मा लिएको बागमती करिडोरको सानेपाको कालोपुल र बल्खुको पुलमुनि हरेक वर्ष पानी जम्ने भएकाले यात्रु समस्यामा परेका छन् ।
पुलमुनि वर्षात्को समयमा पानी जम्ने भएकाले कालोपुलमा सूचना टाँसिएको छ । “कृपया यो पुलमुनि वर्षात्को समयमा पानी जम्ने भएकाले वैकल्पिक बाटो प्रयोगगरी सुरक्षित यात्रा गर्नु होला”, बागमती करिडोरस्थित सानेपाको कालो उपलमा उल्लेख गरिएको छ ।
आफूले हरेक वर्ष वाग्मती करिडोरस्थित कालोपुलमुनि पानी जमेकाले यात्रामा असहज महसुस गरेको मोटरसाइकल यात्री रमेश पन्तले जनाए । उनले भने , “बल्खु पुलमुनि पनि वर्षात्को समयमा पानी जम्ने समस्या छ, सानेपाको कालोपुलमा हरेक वर्ष पानी जमेको छ, जिम्मेवारी निकायले यस्तो कुरामा ध्यान नदिएकाले हामीले दुःख पाएका छौँ ।”
त्यस्तै अर्का मोटरसाइकल यात्री पवनकुमार थापाले पनि हरेक वर्ष पुलमुनि पानी जमेकाले ट्राफिक जाम भएर आफूले समस्या भोगेको दुखेसो पोख्दै भने “पुलमुनि वैकल्पिक बाटो प्रयोगगरी सुरक्षित यात्रा गर्नुहोला भनेर सूचना टाँसेको छ, तर वैकल्पक यात्रा कहाँ गर्ने ?, बाटो साँगुरो भएर ट्राफिक जाम भइदिन्छ, जिम्मेवार निकायले यस्तो समस्याका समाधान चाँडै गर्नुपर्ने हो ।”
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वाग्मती करिडोरलाई बागमती सभ्ययतासँग जोडेर निर्माण कार्य अगाडि बढाए पनि महानगरपालिका–४ को धोविघाट पुलसम्म करिडोर निर्माणको सकिएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments