बरिष्ठ गायक अमात्यको जग्गा किर्ते : नक्कली ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद

- असार ३०, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
विशेष अदालतले बरिष्ठ गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको सुनाएको छ । विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई ७ करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख रुपैयाँका दरले जरिवानासमेत गरेको छ ।

विशेष अदालतले उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई ४ वर्षका दरले कैद सजायको फैसला गरेको हो । मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई–दुई वर्षका दरले कैद फैसला भएको छ ।

घटना थाह पाएपछि अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिबिआई) ले कीर्तेमा उनीहरूमाथि मुद्दा चलाइसकेको छ । बैंकिङ कसुरसमेत गरेको भेटिएकाले बैंकिङ कसुरको आरोपमा समेत कारबाही हुनुपर्ने भनी ब्यूरोले प्रतिवेदन तयार गरेको थियो ।

फर्जी कागजातका आधारमा ऋण लिएको र गलत रुपमा बैंकिङ कारोबार गरेको भनी प्रहरीले मुक्तिनाथ गौतम, यसकुमार महर्जन, सोनु ठाकुर, राजेश कुमार चौरसिया र कुशन प्रधानलाई मुद्दा चलाउने राय दिएको थियो । अनि गलत मूल्यांकन गरेको आरोपमा राजेशकुमार चौरसिया पनि त्यसमा मुछिएका थिए ।

कीर्ते कागजात तयार गर्नुका साथै बैंकिङ कसुरसमेत गरेकाले उनीहरूमाथि बैंकिङ कसुरमा पनि कारबाहीको योजना बनेको थियो । तर महान्यायाधिवक्ता कार्यालयमा भने मुद्दा नचलाउने निर्णय गरेको थियो ।

सरकार परिवर्तन भएसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि मुद्दा चलाएको थियो । विशेष अदालतले नक्कली कागजातका आधारमा निकालिएको ऋणको रकम भुक्तानी लिनेहरूमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा दोषी ठहर गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर