कोशी , बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा

- असार ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
उपत्यकामा मौसम केही खुले सामान्य तहमा आइनसकेको मौसम विभागले जानकारी दिएको छ । मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। कोशी , बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ ।

दिउँसोː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशभरका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर