मुलुकको नयाँ प्रधानमन्त्रीको शपथ आज

- असार ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
सोमबार बाट नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले नयाँ प्रधानमन्त्री पाउने भएको छ । मुलुकको नयाँ प्रधानमन्त्रीको रुपमा एमालेका अध्यक्ष केपी शर्मा ओली रहने छन् । अध्यक्ष ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिने छन् ।

नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै ओलीले संविधानको धारा ७६ (२) बमोजिमको प्रधानमन्त्री दाबी पेश गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएर पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय दिएका थिए ।।

राष्ट्रपति कार्यालयले प्रकाशित गरेको आह्वान प्रस्तावको समय आइतबार साँझसम्मै रहेकाले सोमबार मात्र शपथ हुने भएको हो । ‘ दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेका छन् । आइतबार अबेर हुने भएकाले सोमबार बिहान ११ बजे शपथ लिने तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले बतायो । ओलीले प्रधानमन्त्रीको शपथ लिए लगत्तै एमालेबाट विष्णुप्रसाद पौडेल र कांग्रेसबाट प्रकाशमान सिंहले उपप्रधानमन्त्रीको शपथ लिनेछन् । सोमबार नै अरु मन्त्रीहरुलाई पनि शपथ गराउने तयारी भइरहेको छ । ‘संभवतः १५ जनाको मन्त्रिपरिषद् सोमबार नै गठन हुन्छ, त्यसैको तयारी भइरहेको छ’, ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर