कासिन न्यूज,
काठमाडौं ।
अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रुपासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् ।
लिसान्द्रो मार्टीनेजले मैदानको मध्यभागमा गरेको उत्कृष्ट ट्याकल पश्चात उत्पन्न मौकामा उनले गोल गरेका थिए । ६६औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका करन गुमाएको अर्जेन्टिनाले उपाधि भने जित्न सफल रह्यो ।
१९९४ पश्चात कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो । फाइनलमा गोल गर्ने लौतारोले प्रतियोगिता अवधिभर ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने ।
मेसी घाइते
कोलम्बिया विरुद्ध सोमबार अमेरिकामा भइरहेको कोपा अमेरिकाको फाइनल खेल्ने क्रममा मेस्सी घाइते भएका हुन्। दायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेपछि उनले ६६ औं मिनेटमा मैदान छाडेका हुन् । खेल गुमाएपछि मेस्सी निक्कै बेर रोएका थिए।
अर्जेन्टिना उपाधि रक्षा र कोलम्बिया दोस्रो पटक उपाधि जित्न प्रयासरत छन्। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीतिर उन्मुख छ। विना टिकट केहि दर्शक रंगशाला प्रवेश गर्ने क्रममा भागदौड हुँदा फाइनल निर्धारित समय भन्दा ४५ मिनेट ढिला सुरु भएको थियो।
एजेन्सीको सहयोगमा
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments