घुँडामुनि गोली हानेर डाँका नियन्त्रणमा

- असार ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
जनकपुरधाम ।
सर्लाहीको लालबन्दी नगरपालिका–२ बस्ने ४० वर्षीय बीजेन्द्र पासवनलाई प्रहरीले घुँडामुनि गोली हानेर पक्रराउ गरेको छ । उनी चोरी डकैती लगायत अपराधका घटनाहरुमा संलग्न रहेको पाइएको छ । उनलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

खोजतलासको क्रममा आइतबार राति साढे १० बजेतिर महोत्तरीको सोनमा गाउँपालिका–५ खैरवनीस्थित सर्लाही र महोत्तरी सिमाना सितलपुर भन्ने स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । प्रहरीका अनुसार खोजीको क्रममा फेला परेपछि उनलाई पक्राउ गर्न खोजिएको थियो । तर, उनी भाग्न खोजेपछि घुँडामुनि गोली हानेर नियन्त्रण लिएको डिएसपी जयसवारले बताए ।

गोली लागेर घाते पासवानको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पासवान लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीलगायत सीमा पारी भारतमा पनि पटक–पटक डकैतीमा संलग्न भएको पाइएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर