नवनियुक्त स्वास्थ्य मन्त्री पौडेल : सोचे जस्तो सहज छैन मन्त्रालयको अवस्था

- असार ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारमा नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य प्रदिप पौडेल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी हात पारेका छन् । राजनीतिक यात्रामा बिधार्थीकाल देखी आफूलाई होमाएका मन्त्री पौडेलले पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । कांग्रेसको दुई गुट मध्ये शेखर गगनको प्यानलमा रहेर राजनीतिक परिदृष्यमा छाई रहेका मन्त्री पौडेलले सम्हालेको मन्त्रालय अन्य भन्दा अलि संवेदनशिल छ ।

जनताको स्वास्थ्य सँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको जिम्मेवारी बहन गरेका मन्त्री पौडेलले सोचे जस्तो सहज छैन मन्त्रालयको अवस्था । कांग्रेस महामन्त्री गगनकुमार थापा देखी कांग्रेस नेता मोहन बहादुर बस्नेत सम्मले हाँकिसकेको स्वास्थ्य मन्त्रालयलाई काण्ड काण्डैको मन्त्रालयको उपमा पनि दिने गरिन्छ । बाहिरबाट भन्दा स्वास्थ्य मन्त्रालयलाई मालदार मन्त्रालय पनि भन्ने गरिन्छ ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव, सरकारी अस्पतालमा औषधिको अभाव, स्वास्थ्य बीमा कार्यान्वयनमा समस्या, स्वास्थ्य क्षेत्रका कर्मचारीको पारिश्रमिक लगायतका समस्या समाधान गर्नुपर्ने चुनौती अब मन्त्री पौडेलको सामु आइपरेको छ । डेढ वर्षको अवधिमा माथिका सबै चुनौतिहरुलाई पार गर्ने तर्फ ध्यान जानु पनि मन्त्री प्रमुख्यतामा पर्छ ।

स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि देशभर तत्काल ९२ हजार स्वास्थ्य जनशक्ति आवश्यक देखिएको छ । स्वास्थ्य बीमामार्फत पाइने सुविधाबारे नै आम नागरिकले राम्रोसँग बुझ्न नसकेको अवस्थामा को–पेमेन्ट लागु गरेदेखि झनै समस्या देखिएको छ । यस्तो अवस्थामा आम नागरिकसम्म स्वास्थ्य बीमामा सहज पहँुच र कार्यान्वयन गर्नु पनि मन्त्री पौडेलको लागि चुनौती हो ।

अस्पतालमा शय्याको अभावमा बिरामी फर्किनुका साथै एउटै शय्यामा दुई बिरामी राखेर उपचार गर्ने गरेकोसमेत पाइन्छ । बिरामीलाई पर्याप्त शय्या उपलब्ध गराउन मन्त्री पौडेलको यो अर्को चुनौती हो । उपचारका क्रममा कतिपय स्वास्थ्य संस्थामा औषधिको चर्को मूल्य तिर्नुपरेको जनगुनासो छ । यस्तै, औषधिको मूल्य र गुणस्तरमा ध्यान दिएर सेवाग्राहीलाई भरपर्दो सुविधा दिलाउन पनि चुनौती देखिन्छ ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर