कासिन न्यूज,
धनगढी ।
आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट पारित गर्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकार झमेलामा परेको छ ।सुदूरपश्चिम सरकारले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । तर प्रदेश प्रमुख नजिर मियाँ सरकारले गरेको सिफारिस कार्यान्वयन नगरी काठमाडौं पुगेका छन् । राजनीतिक समीकरण फेरिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रदेश सभाबाट पास हुन सकेको छैन ।
आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुने आज अन्तिम दिन हो । आज बजेट पास नभए वा अध्यादेशमार्फत नआए भोलिदेखि सुदूरपश्चिम प्रदेश ‘बजेट होलिड’मा जान्छ । अर्थात् भोलि, नयाँ आर्थिक वर्षको दिनदेखि सरकारले खर्च गर्ने र आम्दानी गर्ने आधार गुमाउँछ । एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको जारी बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन खोजेका छन् ।
त्यसका लागि मन्त्रिपरिषदबाट प्रदेश सभाको अधिवेशन अन्त्य गर्ने निर्णय गराएर सोडारीले प्रदेश प्रमुख मियाँलाई पत्राचार गरेका थिए । तर प्रदेश प्रमुख मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगरी नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोहमा सहभागी हुन काठमाडौँ पुगेका छन् ।
‘राजनीतिक समीकरण फेरिएपछि सुदूरपश्चिममा एकखालको संकट सिर्जना भएको छ । अगामी वर्षका लागि ल्याएको बजेट पारित हुन नसक्ने अवस्था भएकाले अध्यायदेश वा पूरक बजेट ल्याउने सरकारको सोच रहेको छ,’ रावलले भने, ‘तर प्रदेश प्रमुखज्यूले सरकारको सिफारिसअनुसार प्रदेश सभा अधिवेशन अन्त्य गरेका छैनन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments