एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि सबै भिजिवल परिर्वतन आउनुपर्यो

- असार ३१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई समयसीमा तोकेर काम गर्न निर्देशन दिएका छन् । २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका ओलीले पहिलो बैठकमा मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार प्रधानमन्त्री ओलीले एक महिनाभित्र केही न केही फरक देखाउन निर्देशन दिएका छन् । उनले भने, ‘छ महिनाभित्र यो क्याबिनेटले काम गर्ने भयो भनेर विश्वास दिलाउने र एक वर्षभित्र इन्डिकेटरको हिसाबले पनि सबै भिजिवल परिर्वतन आउनुप¥यो, परिणा देखिनुप¥यो ।’

 

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर