मन्त्री पौडेलको ध्यान देव माथि खिचिने हो भने एउटा देवले जिवन पाउँथे : ४ वर्षको कलिलो उमेरमा जिवनमरणको दोसाँधमा
- श्रावण १, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पशुपतिनाथ मन्दिर मूल गेट अगाडी मंगलबार बिहान जुन दृष्य देखीयो त्यो निकै उदेक लाग्दो थियो । भर्खर ४ वर्ष मात्र लागेका झापाका देव मगर अहिले देखी नै बिस्तारामा छन् । टुकुटुकु हिड्ने, मिठो तोते बोली बोल्ने उमेरमा देव अहिले स्वास्थ्यका कारणले दिनप्रति दिन गल्दै गएका छन् । देवको टाउकोमा पानी जमेको धेरै भै सक्यो । जन्मिदा देखीको रोग नभए पनि केही वर्ष अघि उनको टाउमा पानी जम्ने समस्या देखीयो ।
पहिला त सामान्य उपचार हुन्छ भन्ठानेका थिए उनका परिवारले तर बिस्तारै अहिले उनको टाउको फर्सी जस्तो आकारमा परिणत हुन् थालेको छ । उपचारको लागि आर्थिक अवस्था राम्रो छैन, छोरा सँगै पशुपतिनाथ मन्दिरको मूल गेटमा खटिया राखेर सहयोगको याचना गरिरहेकी देवकी आमाले भनिन, उपचारको लागि विभिन्न स्वास्थ्य संस्थाहरुमा लगियो ।
गहभरि आँसु पार्दै छोरा तिर घरि घरि पुलुक्क हेर्दै देव की आमा छोराको उपचारमा भएको पैसा सिद्धियो । तर पनि राम्रो उपचार हुन् सकेन । आर्थिक अवस्थाका कारण देवले भने जस्तो उपचार पाउन सकेका छैन् । त्यसैले देवका मातापिता देवलाई लिएर पशुपतिनाथ मन्दिरको शरणमा आइपुगेका छन् । अब भक्तजनहरुले दिएका १०, २० का नोटहरुलाई केलाउँदै उनीहरु छोराको उपचारको भिख मागीरहेका छन् ।
देशका कुनै पनि जनता जसको आर्थिक अवस्था कमजोर छ उसको स्वास्थ्य समस्याको समाधान नेपाल सरकारले लिने भन्ने ढिंगोरा बिगत देखी नै पिटिदै आइएको छ । तर यसको सर्वसुलभ तरिका भने जनता सम्म अहिले सम्म पुग्न सकेको छैन । स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव, सरकारी अस्पतालमा औषधिको अभाव, स्वास्थ्य बीमा कार्यान्वयनमा समस्या, स्वास्थ्य क्षेत्रका कर्मचारीको पारिश्रमिक लगायतका समस्या समाधान गर्नुपर्ने चुनौती नवनियुक्त स्वास्थ्य मन्त्री प्रदिप पौडेलको सामु छ ।
अस्पतालमा शय्याको अभावमा बिरामी फर्किनुका साथै एउटै शय्यामा दुई बिरामी राखेर उपचार गर्ने गरेकोसमेत पाइन्छ । उपचारका क्रममा कतिपय स्वास्थ्य संस्थामा औषधिको चर्को मूल्य तिर्नुपरेको जनगुनासो छ । यस्तै, औषधिको मूल्य र गुणस्तरमा ध्यान दिएर सेवाग्राहीलाई भरपर्दो सुविधा दिलाउन पनि चुनौती देखिन्छ । यसैको एक उदाहरण हुन् देव मगर ४ वर्षको कलिलो उमेरमा सहि उपचार र आर्थिक अभावका कारण जिवन मरणको संघारमा छन् । नवनियुक्त स्वास्थ्य मन्त्री पौडेलको ध्यान एक पटक देव माथि खिचिने हो भने एउटा देवले जिवन पाउँथे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments