कासिन न्यूज,
काठमाडौं ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक मंगलबार ७०.१८ अंक बढेको छ । कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएको थियो । कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो ।
यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ २.७५, विकास बैंक ४.९४, फाइनान्स १.८५, लगानी ३, होटल तथा पर्यटन ३.६३, जीवन बीमा २.९६, उत्पादन २.२३, माइक्रोफाइनान्स २.३०, निर्जीवन बीमा २.१२, अन्य २.१० तथा व्यापार समूह २.८८ प्रतिशत बढ्यो ।
मंगलबार ९ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, मन्दाकिनी हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, रिडी र अरुणभ्याली हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । इङवा हाइड्रोपावरको मूल्य ९.७, अपी पावरको ९.६ प्रतिशत मूल्य बढ्यो ।
मूल्य घट्नेमा धेरैजसो ऋणपत्र रहे । लगानीकर्तामा ऋणपत्र बेचेर सेयरमा लगानी गर्ने चाहना बढ्दा धेरै ऋणपत्रको मूल्य घट्न पुग्यो । एनआईबीएलडी २०८२, एलबीबीएलडी ८९, आईसीएफसीडी ८३, पीबीडी ८८ को मूल्य ९ देखि १० प्रतिशतसम्म घट्यो । माण्डु हाइड्रोपावरको ६.२ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा ङादी ग्रुप, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर, जानाकी फाइनान्स र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments