भान्सामा मौसमको प्रभाव : तरकारी तथा फलफूलको भाउमा बृद्धि

- श्रावण २, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

उपत्यकामा अहिले मौसमको प्रभावको कारण तरकारी तथा फलफूलको भाउमा केही बृद्धि भएको जनकारी आएको छ । उपत्यकाको तरकारी तथा फलफूलको बिक्री कक्ष कालिमाटीका अनुसार दैनिक उपभोग्य खानपानका साधनहरुमा औसतमा केही बृद्धि हुन् थालेको छ ।

अहिले बृद्धि भएका भान्साका साधनहरुमा आलु र गोलभेडाको दर औसतमा बढेको कालिमाटी तरकारी बजार जानकारी दिन्छ । अन्यमा भने यथावत रहे पनि मौसमको प्रभावको कारण तरकारी तथा फलफूलहरुको दरमा तल माथि हुन् सक्ने पनि बताइएको छ ।

स्रोत : कालिमाटी फलफूल तथा तरकारी बजार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर