सुरु भयो न्यूरोडमा फुटपाथ विस्तार

- श्रावण २, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
उच्च अदालत पाटनको आदेश सँगै काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम सुरू गरेको छ । फुटपाथ सुधारका लागि महानगरले थालेको काम सडक डिभिजन कार्यालयको अवरोधपछि रोकिएको थियो । त्यसमाथि महानगरका न्यूरोड साइडका जनप्रतिनिधिहरुले पनि यसको बिरोध गरेका थिए ।

महानगरको कार्य पालिका बैठकमा न्यूरोडका वडाध्यक्ष र महानगरका मेयर बाले शाह बिच न्यूरोडको फुटपाथ लाई लिएर निकै ठूलो बादविवाद भएको थियो । साँघुरो न्यूरोडलाई खुल्ला बनाउने सोच राखेका मेयर शाहको काममा सरकारी निकाय र जनप्रतिनिधिहरु समेत लागेका थिए । आफनो अडानमा कायम रहेका मेयर शाहमा न्यूरोडलाई जसरी परिवर्तन गर्ने भन्ने सोचका कारण पनि अहिले न्यूरोडले नयाँ संरचना पाउने भएको छ ।

What’s your Reaction?
+1
0
+1
2
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर