नेपालको राजनीतिक अस्थिरता बारे फ्रान्सको ठूलो दैनिक पत्रिका ‘लि मोन्ड’ मा टिप्पणी
- श्रावण २, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालमा देखीएको राजनीतिक अस्थिरताको बारेमा पश्चिमा मुलुकहरुमा रहेका समाचारपत्रहरुले पनि आफनो बिशेष लेखको रुपमा प्राथमिकता दिन थालेका छन् । मंगलबार मात्र फ्रान्सबाट प्रकाशीत हुने एक राष्ट्रिय पत्रिका दैनिक पत्रिका ‘ ‘लि मोन्ड’ ’ ले आफनो अग्रलेखमा नेपाल र यहाँको राजनीतिक अवस्थामा बारे एक लेख तयार पारेको थियो ।
नेपालको राजनीतिक अवस्थालाई ओलम्पिक खेल सँग तुलना गरेको छ । पत्रिकामा भनिएको छ नेपालको राजनीतिक अस्थिरता भनेको ओलम्पिक खेलमा अग्रता कायम गरेको जस्तै भएको छ । उक्त पत्रिकामा सोमबार मात्रै प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका ७२ वर्षीय प्रधानमन्त्री केपी शर्मा ओली सन् २०६५ पछिका १५ औं सरकार प्रमुख भएका छन् ।
संसदीय प्रजातन्त्रको बहाली पछिको लागि भने ओली नयाँ प्रधानमन्त्रीको रुपमा गनिएका छन् । नेपाल जस्तो सानो संसदीय प्रजातन्त्रको पुनर्स्थापनापछिको ३०औँ सरकार प्रमुख हुनुहुन्छ। यो लगभग नयाँ प्रधानमन्त्री हो । यसो भन्दै गर्र्दा नेपाल जस्तो सानो र कम जनसंख्या भएको मुलुकमा हरेक वर्ष प्रधानमन्त्री र मन्त्री फेरीनु भनेको सानो गणतन्त्रको लागि उल्लेखनीय उपलब्धि भन्दै उक्त पत्रिकाले कटाक्ष प्रहार गरेको छ ।
नेपालको इतिहासमा जति पनि परिवर्तन हुन्छन् । त्यो जहिले समान नै हुन्छन् । त्यसैले पनि नेपालका जनताले परिवर्तन महसुस गर्न पाएका हुँदैनन । पूर्व माओवादी छापामार “लिडर म्याक्सिमो“ पुष्पकमल दाहाल प्रचण्ड सन् २००९ देखि तेस्रो कार्यकालको नेतृत्वमा थिए। नेपाली राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रति–गठबन्धन, पलटाव र विश्वासघातको सङ्ख्या अचम्मको छ ।
उदाहरणका लागि, कम्युनिष्टहरूले कहिलेकाहीं अति–राजतन्त्रवादी पार्टीसँग गठबन्धन गरेका छन्, यद्यपि दुई पार्टीहरू वर्षौंदेखि सबैभन्दा ठूलो शत्रु थिए। अर्कोतर्फ पूर्वप्रधानमन्त्री दाहालको माओवादी केन्द्रले लामो समयदेखि सत्तामा रहँदै आएको देशको प्रमुख दल नेपाली कांग्रेस सँग गरेको गठबन्धन थियो पछि आएर त्यो गठबन्धन तोडेर फेरी दोस्रो ठूलो दल एमाले सँग गठबन्धन गरेको थियो । त्यही गठबन्धन तोडिएर अहिले फेरी नयाँ समिकरणमा सरकार गठन भएको कुरा पनि पत्रिकामा भनिएको छ ।
‘लि मोन्ड’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments