उकालो लाग्यो नेप्से : सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार
- श्रावण २, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । बुधबार नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो ।
तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ किता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो ।
व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ । कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २ को सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको हो ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भनेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments