कासिन न्यूज,
चितवन ।
गगुल म्याप सर्भेका लागि भनेर कृष्णपुरको पिच बाटोमा हिंडिरहेको बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको सुन्तला रंगको गाडीलाई केही स्थानीयले घेरे । गाडीमा थिए, सर्भे गर्ने आरएस इन्जिनियरिङ काठमाडौंमा काम गर्ने बारा जितपुरसिमरा उपमहानगरपालिकाका २१ वर्षीय नेभिगेटर अजित बस्नेत र धादिङको गल्छी गाउँपालिका ८ का ३५ वर्षीय चालक दिलिप तामाङ ।
घटना हो बुधबार दिउँसोको । सिमलताल पहिरो घटनाको बारेमा गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको समिति जिल्ला प्रशासन कार्यालय चितवनमा छलफलमा थियो । त्यहीबेला प्रशासन कार्यालयबाट करिब २ किलोमिटर टाढा भरतपुर ७ का केही स्थानीयले एक सवारी साधन नियन्त्रणमा लिए ।
गाडीको छतमा सर्भे सम्बन्धी उपकरण राखिएका थिए । गाडी घेरेर बसेका स्थानीयले अरूलाई फोन गरेर बोलाए । सर्भेका लागि आएका कर्मचारीलाई केरकार गरे । कागजात देखाउन भने । कसको आदेशले आएको भन्दै थर्काए ।
नेभिगेटर बस्नेतले गुगल म्याप अपडेट सर्भेका लागि आएको दाबी गरे । तर स्थानीयले रेलमार्ग हिंड्ने भनिएको क्षेत्रमै सर्भे गर्ने काम किन गरेको भनेर प्रश्न गरे ।
यसभन्दा अगाडि पनि थाहै नपाई सर्भे गरेको आरोप स्थानीयले लगाउँदै आएका छन् । यसकारण उनीहरू थप आक्रोशित बने ।कोही महिला गाडीमाथि चढे । केहीले रेलमार्गविरुद्ध नाराबाजी गरे । बिस्तारै स्थानीयको संख्या बढ्दै गयो । प्रहरी पनि आइपुग्यो ।
प्रहरी आएपछि स्थानीयको मनपरी झन् बढ्यो । कोही गाडीमा आगो लगाउनुपर्छ भन्दै भीडलाई उक्साउन थाले । यत्तिकैमा गाडीमा आगो लाग्यो । यो सबै प्रहरीले चुपचाप हेरिरह्यो ।आगो लगाउनुअघि करिब डेढ घण्टा सर्भेको गाडी स्थानीयको नियन्त्रणमा थियो । तर पनि प्रहरीले गाडी छुटाउने प्रयाससमेत गरेन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments