नयाँ महान्यायाधिवक्तामा बरिष्ठ अधिवक्ता बडाल
- श्रावण ३, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सरकार परिवर्तन सँगै महान्यायाधिवक्ता फेरीने प्रक्रियालाई दीनमणि पोखरेलले पनि निरन्तरता दिएका छन् । प्रधानमन्त्रीमार्फत् महान्यायाधिवक्ता पोखरेलले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत भै सकेको छ ।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन् । प्रधानमन्त्रीमा दाहालले विश्वासको मत नपाएपछि सरकार ढलेसँगै पोखरेलले पनि राजीनामा दिएका हुन् । आइतबार नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई नियुक्त गरेका छन् । पूर्व महान्यायाधिवक्ता बडाल बरिष्ठ अधिवक्ता पनि हुन् ।
“पीडितलाई न्याय दिने दायित्व यस कार्यालयको हो, संवैधानिक दायराभित्र रहेर आफ्नो दायित्व पूरा गर्नेछौँ”, महान्यायाधिवक्ता बडालले भने, “मुद्दाको अभियोजन गर्दा दोषी व्यक्तिलाई मात्र गर्ने गर्छौँ ।” उनले सरकारी वकिललाई पहिलो न्यायाधीश मानिने भएकाले मुद्दाको राम्रो अध्ययन गरेर अघि बढ्न सुझाव दिए ।
महान्यायाधिवक्ता कार्यालयले अभियोजन र सरकारलाई उचित कानुनी सल्लाह दिने, सरकारलाई परेको मुद्दाको प्रतिरक्षा गर्नेलगायत काम गर्ने भएकाले आफूले संवैधानिक दायित्व पूरा गर्ने बडालले प्रतिबद्धता व्यक्त गरे । उनले बिगो प्रणालीमा मापदण्ड निर्धारण गरी क्षतिपूर्ति निर्धारण गर्ने विषयमा छलफल गर्ने र अभियोजनमा एकरुपता ल्याई अदालतलाई न्याय प्रदान गर्ने काममा सबैबाट सहयोग पाउने विश्वाससमेत व्यक्त गरे।
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपतिले सरकारको कानुनी सल्लाहकारका रूपमा बडाललाई नियुक्त गरेका थिए । यसअघि, बडाल छोटोे समयका लागि महान्यायाधिवक्ता भएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments