द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालिका श्रेष्ठको निधन

- श्रावण ३, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालिका अम्बिका श्रेष्ठको निधन भएको छ । उपचारको क्रममा ९१ वर्षको उमेरमा बिहीबार उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन् । भोलि शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन् । उनका दुई छोरी छन् । श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ ।

श्रेष्ठसँग पर्यटन उद्योगका विभिन्न संघ–संगठनमा नेतृत्वदायी भूमिकामा रहेर लामो समय काम गरेको अनुभव छ । श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन् । उनले विभिन्न ट्राभल एजेन्सी समेत चलाइरहेकी थिइन् ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर