कासिन न्यूज,
काठमाडौं ।
सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई अहिले बिदेश भनेको पानी पधेंरो भएको छ । त्यस माथि यसलाई कमाउने भाँडोको रुपमा प्रयोग गर्ने सरल बाटो पनि भएको छ । यस्ता सार्वजनिक पद धारण गरेर यसको दुरुपयोेग गर्नेहरु पनि बढ्न थालेका छन् । बिगतमा घटेको नक्कली भुटानी शरणार्थी काण्डले अहिले सम्म मूर्त रुप पाउन सकेको छैन । यो काण्डको छिनोफाने नहुँदै अहिले फेरी अर्को काण्ड अगाडी आएको छ ।
त्यो पनि संघीय संसदको उपसभामुख जस्तो पदमा बसेको मानिस अहिले यो काण्डका कारण विवादमा आएका छन् । आफनो दल र यसको कुनै निकाय सँग सम्वन्धित भएका ब्यक्तिको उपसभामुख जस्तो पदमा बसेको मानिसले आफनो कार्यालयको लेटर प्याड प्रयोग गरेर दुतबासलाई भिषाको लागि सिफारीस गर्छ भने यसको भित्र केही न केही कुरा लुकेको भन्ने औल्याउन त्यति कठिन छैन ।
हो अहिले त्यहि काण्डमा फसेकी छिन् उपसभामुख एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ इन्दिरा राना । असम्वन्धित ब्यक्तिको लागि दुताबासमा अन्र्तवार्ताको समय र मिति मिलाइदिन आफनो कार्यालयको लेटरप्याडमा पत्र लेखेर सिफारीसको गरेकोमा बिवादमा फसेकी छिन उपसभामुख राना ।
आफूसँगै अन्य पाँच जना पुरुषलाई भिसाका लागि सिफारिश गरेकी उपसभामुखले उनीहरु के भूमिकामा कार्यरत छन् भन्ने कुरा न चिठीमा खुलाएकी छन् न त अहिले चिठी सार्वजनिक भएपछि । गत फागुनमा उनी यूएन वुमनको सीएसडब्लू ६७ (मार्च ६ देखि १७) मा सहभागी हुन अमेरिका गएकी थिइन् । महिलासँग सम्बन्धित कार्यक्रममा उनले किन पुरुषै पुरुषमात्र छानेर पठाउन खोजिन् भन्ने प्रश्नसमेत रहस्यमय देखिन्छ ।
उनले १४ फागुन (२६ फेब्रुअरी) मा दूतावासलाई लेखेको पत्रमा भनिएको छ, ‘म अनुरोध गर्न चाहन्छु कि सांसद र मेरा सहयोगी सदस्यहरूसँगै म पनि सँगै अन्तर्वार्ताको समय लिन चाहन्छु । किनभने कार्यक्रमको तालिका पनि निकट आइसकेको छ ।’ आफूसहित ६ जनाकै लागि यो कार्यक्रम असाध्यै महत्वपूर्ण भएको भन्दै उनले पत्रमा अघि लेखेकी छन्, ‘राष्ट्रसंघको निम्तोलाई म हृदयदेखि आभार व्यक्त गर्दछु र तपाईंको समन्वयमा आशावादी छु ।’
थाहा छ तर चुप रास्वपा
रास्वपा नेताहरूका अनुसार उपसभामुखले अमेरिकी दूतावासलाई लेखेको पत्रबारे पार्टीमा कुरा उठेको थियो । संगठन विभागका सचिव शंकर श्रेष्ठले सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायत नेताहरूलाई यसबारे जानकारी गराएका थिए ।
त्यसपछि उपसभामुख रानालाई सोध्दा रास्वपा झापाका नेता उपेन्द्र गौतमलाई मात्र आफूले चिनेको र उनले भने अनुसार पत्र लेखेको उनको जवाफ थियो । उनीहरुको पासपोर्ट नम्बरका आधारमा अध्यागमन विभाग (त्यसबेला रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री थिए) मार्फत अमेरिका गए नगएको हेरिएको थियो । सोधखोज हुन थालेपछि उनीहरु अमेरिका नगएको खुल्यो ।
पार्टीले उपसभामुखको पत्रमा उल्लेख गरेका व्यक्तिबारे झिकाएर छलफल गर्न खोजेको थियो । तर उनीहरुले हाम्रो पैसा फिर्ता भइसक्यो भन्दै आउन अस्वीकार गरेपछि यो विषय गुपचुप रह्यो । ‘एक वर्षसम्म पैसा फिर्ता नगरेपछि उनीहरु पार्टीमा भन्न आएका रहेछन्’ एक नेता भन्छन्, ‘पैसा फिर्ता भयो, हामी बयान दिंदैनौं भनेपछि यतिकै सकियो ।’
गलत नियत होइन :उपसभामुख राना
उपसभामुख रानाले भने आफूले अमेरिकी दूतावासलाई पत्र लेखेको स्वीकार गरेकी छन् । उनका अनुसार उपसभामुख भएपछि कोही परियोजना माग्ने आउँथे, कोही सिफारिश । त्यसक्रममा चिनजानका (रास्वपा झापाका नेता) उपेन्द्र गौतम अमेरिकी दूतावासले लिने अन्तर्वार्ताका लागि समय सार्न पत्र लेखिदिन आग्रह गर्दै आए ।
‘मैले सिफारिश गरेको होइन, प्रि डेटका लागि यो कार्यक्रममा जाने हो भनेर पत्र लेखेको हुँ’ उनले भनिन्, ‘म आफैं जाने कार्यक्रम थियो । नेपालीहरू पनि जान पाउँदा केही सिक्लान् भन्ने मात्र सोचें।’
तर डेढ वर्ष पछाडि पत्र सार्वजनिक गरेर अहिले किन प्रश्न उठाइँदैछ भन्ने आफूले नबुझेको उनले बताइन् । उपसभामुखका रुपमा राम्रै काम गरेको छु जस्तो आफूलाई लागेको भन्दे उनले भनिन्, ‘अहिले राजनीतिक संकट छ । संकटकै बेला डेढ वर्ष अघिको विषय किन उठाएको हो, मैले बुझ्न सकेको छैन ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments