बालिकालाई यौनजन्य कार्यमा लगाउने गेष्ट हाउस सञ्चालक थापा प्रहरीको फन्दामा

- श्रावण ४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कोटेश्वरमा रहेका विभिन्न होटल तथा गेष्टहाउसमा बालिकालाई ललाइफकाइ विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट प्रहरी खटिएका थिए । उक्त खटिएको प्रहरीले वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएका ६ जना बालिकालाई उद्धार गरी सो कार्यमा संलग्न रामेछापका रामेछाप खाजाघर एण्ड गेष्टहाउसका सञ्चालक नवीन थापालाई पक्राउ गरेको हो ।

कोटेश्वरस्थित एक गेष्टहाउसबाट छ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक (यौनजन्य) काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई बिहिबार राति उद्धार गरेका हुन् ।

यस्तै, आर्थिक अवस्था कमजोर भएका बालिकालाई ललाइफकाइ होटल,गेष्ट हाउसमा वेटर तथा सरसफाइको काममा लगाइदिने भन्दै वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पीडित बालिकालाई विगत पाँच महिनादेखि होटल(गेष्ट हाउसबाट बाहिरसमेत निस्कन नदिई जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएका छन् ।

रामेछापका  थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर