कासिन न्यूज,
काठमाडौं ।
बंगलादेशमा प्रदर्शनकारीहरुले सरकारी नोकरीमा आरक्षण हटाउन माग गर्दै आएका छन् । सन् १९७१ मा पाकिस्तानविरुद्ध मुक्तियुद्ध लडेका सैनिकका छोरा छोरीहरुलाई आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै केही दिन अगाडि विश्वविद्यालयका विद्यार्थीहरुले विरोध सुरु गरेका थिए । त्यही विरोध बढ्दै गएर हिंसाको रुप लिएको हो ।आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको अन्तराष्ट्रिय न्यूज एजेन्सीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ । हिंसा बढ्दै गएपछि इन्टरनेट सेवासमेत बन्द गरिएको छ । स्कुल कलेजहरु अनिश्चितकालीन बन्द छन् ।
बुधबार प्रधानमन्त्री शेख हसिनाले प्रदर्शनकारीलाई संयमित हुन आह्वान गरेकी थिइन् । उनले प्रदर्शनकारीको उचित माग सम्बोधन गर्ने आश्वासन दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउनेहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएकी थिइन् ।
उनले सम्बोधन गरेको भोलिपल्ट नै आन्दोलन झन् चर्किएको छ । उनीहरुले विहीबार बंगलादेश बन्द आह्वान गरेका थिए । बिहीबार राति विभिन्न ठाउँमा हिंस्रक प्रदर्शन पनि भएको अन्तराष्ट्रिय न्यूज एजेन्सीले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments