रिल्स र टिकटकले लियो ज्यान

- श्रावण ४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
रिल्स र टिकटक अहिले मानव जिवनको लागि घातक बन्न थालेको छ । रिल्स र टिकटकमा भिडियो बनाएर भाइरल हुने क्रेज अहिले युवायुवतीहरुको ज्यान लिने माध्यम बन्न थालेको छ । बिभिन्न पोज र स्टाइलमा रिल्स र टिकटक बनाउँदा घटेका घटनाहरु प्राय बाहिरी रहेका हुन्छन् । कति रिल्स र टिकटक प्रेमीहरुले ज्यान गुमाउनु परेको समाचारहरु पनि बेला बेलामा सुनिने गरिन्छ ।

ज्यानको बाजी लगाएर खोला, नदी, खोल्सा, झरनादेखि तालमा समेत भिडियो बनाउन रुचाउनेहरुको कमि पनि छैन अहिले । अहिले नेपालमा रिल्स र टिकटकको कारण ज्यान गुमाएका घटनाहरु बाहिरीने क्रम जारी छ । तर युवायुवतीहरु चेत खुल्न सकेको छैन ।

घटना हो भारतको मनगाउँ जिल्लाको जहाँ यस्तै घटना भएको छ । इन्स्टाग्राम रिल्स बनाउने क्रममा चर्चित भारतीय इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको छ । रिल्स बनाउने क्रममा २७ वर्षीया कामदार ३ सय फिट अग्लो झरनाबाट चिप्लिएर खसेकी थिइन् । सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्दारकर्ताले उनको उद्दार गरेका थिए ।

उद्धार गर्दासम्म उनी जीवितै थिइन् । तर अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ । रिल्स बनाउन उनी सात जना साथीसहित मनगाउँ जिल्लाको कुम्बे झरनामा गएकी थिइन् । उनलाई इन्स्टाग्राममा पछ्याउनको संख्या दुई लाख ६० हजार छ । उनले पर्यटन प्रवर्द्धन गर्ने विषयमा रिल्स बनाउने गर्थिन् । उनी डेलाइट नामक प्रविधि कम्पनीमा चार्टर एकाउन्टेन्टको रुपमा पनि कार्यरत थिइन् ।
एजेन्सीको सहयोगमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर