पूर्व शिक्षक बोहोराको मुद्दा : पाल र बोहरालाई कैद

- श्रावण ४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
कञ्चनपुर ।
२० असार ०७८ साल कञ्चनपुर खल्लामछेट्टी गाउँमा पुर्व शिक्षक गणेश बोहराको प्रकाश पाल समुहले पालकै मदिरा पसलमा हमला गरेका थिए । पाल समुहको आक्रमणमा परेर घाइते भएका बोहराको भोलिपल्ट मृत्यु भएको थियो ।

मृतक बोहरा परिवारले प्रकाश पालसहित उनका बाबु हंस पाल, आमा मधु भनिने रुक्मा पाल, गोमती पाल(खडका), लाल बहादुर बोहराविरुद्धमा कर्तव्य ज्यान अन्तर्रगत प्रहरीमा किटानी दिएका थिए। सोही आधारमा प्रहरीले पाँचै जनालाई पक्राउ गरेर ज्यान कसुरमा मुद्दा चलाएको थियो ।

त्यही हत्याकाण्डको तीन वर्षमा फैसला भएको छ ।  उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले पुर्व शिक्षक बोहरा हत्याकाण्डको ३१ असार ०८० मा फैसला गरेको थियो । उच्चका अदालतका मुख्यन्यायाधिशसहितको इजलासले बोहरा हत्याकाण्डको ज्यान कसुरमा दायर भएको मुद्दाको फैसला गरेको अदालतले जनाएको छ ।
उच्च अदालत महेन्द्रनगर इजलासका रजिष्ट्रार तिर्थराज भट्टले बोहरा ज्यान कसुरमा पाल र बोहरालाई कैद, जरिवानादेखि क्षतिपूर्ति सजाय भएको बताए । रजिष्ट्रार भट्टका अनुुसार मुलुकी अपराध संहिता ०७४ को दफा १८१ को (२) बमोजिम प्रकास पाल र लाल बहादुर बोहरालाई जनही पाँच/पाँच वर्ष कैद सजाय निर्धारण गरिएको छ ।

दुवैलाई ३५÷३५ हजार रुपैयाँ जरिवाना, एक हजार चार सय रुपैयाँ पीडितको राहत कोष र जनही एक लाखका दरले दुई लाख रुपैयाँ मृतक बोहराको आश्रित परिवारलाई क्षतिपूर्ति तिर्न फैसला भएको छ । उक्त मुद्दा जिल्लाबाट सरेर उच्च अदालतमा पुनरावेदन भएको थियो ।

१२ साउन ०७८ मा जिल्ला अदालतमा दायर भएको मुद्दामा १९ साउनमा प्रकाश पाल, मधु भनिने रुक्मा पाल र लाल बहादुर बोहरालाई पुर्पक्षका लागि कारागार चलान र हंस पालबाट दुई लाख ५० हजार र गोमती पालबाट ५० हजार धरौटी तिराएको थियो । उच्चले मधु भनिने रुक्मा पाललाई साधारण तारेखमा रिहा गरेको थियो ।
(मृतक) पीडित बोहरा पक्षले मुलुकी फौजदारी संहिता ०७४ को १७७(१)को उपदफा (२) बमोजिम सजायको माग दाबी गरेका थिए । पुर्व शिक्षकको हत्या गरेको भन्दै तीन वर्षअघि गाउँनै उल्टिएर आन्दोलन गरेको थियो। उच्चको फैसलापछि पीडित पक्षले केही न्याय पाएको बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर