४, साउन ।
न्यूरोड काठमाडौं शहरको मुटु । शहरीयाहरुको किनमेल देखी घुमघामको लागि नाम कमाएको क्षेत्र अहिले तनावमा छ । कारण न्यूरोडका सडक पेटीहरुलाई बिस्तारीत गर्ने काठमाडौं महानगरका मेयर बालेन शाहको योजनाले । केही दिन अघि मेयर शाहको निवेदन माथि उच्च अदालत पाटनले फुटपाथ बिस्तारको लागि आदेश नै दियो ।
अदालतको आदेश मुताबिक अहिले न्यूरोडको फुटपाथ बिस्तारकोे कार्य तिब्र गतिमा चलिरहेको थियो । एक्कासी मेयर शाहको प्रोजेक्ट माथि फेरी बज्रपात सुरु भयो । आफनै स्थानलाई फराकिलो र राम्रो बनाउने कार्यमा साथ दिनुको साटो उल्टो अहिले स्थानियहरु मेयर शाहको प्रोजेक्ट माथि खनिएका छन् । जसमा अलि अलि राजनीतिक गन्ध पनि आउन थालेको छ ।
केही दिन अघि महानगरको कार्य पालिका बैठकमा न्यूरोडको फुटपाथको बिषयलाई लिएर वडाध्यक्ष र मेयर शाह बिच ठूलै विवाद भएको थियो । जुन बादविवाद त्यो दिनका लागि सामाजिक सञ्जाल देखी यूटूबहरुको लागि समाचारको खुराक बनेका थिए ।
अब कुरो आखिर न्यूरोडमा त्यस्तो के छ जसका कारण फुटपाथ नै बिस्तार गर्न नहुने । फुटपाथ, सडक देखी टोलहरुको बिकास हुनु पब्लिक आफैका लागि सहज होइन र ? यो प्रश्न पनि अहिले बजारमा आउन थालेको छ ।
केही दिन अघि मात्र फुटपाथ सुधारका लागि महानगरले थालेको काम सडक डिभिजन कार्यालयको अवरोधपछि रोकिएको थियो । जसलाई अदालतले खोलदियो ।
सरकारी निकाय र जनप्रतिनिधिहरुको दबाबलाई झेलीरहेका मेयर शाहलाई अब न्यूरोडका स्थानियबासीहरुलाई समेत झेल्नु पर्ने अवस्था आएको छ ।
अहिले फुटपाथ विस्तारको विरोधमा न्यूरोडका स्थानियबासीहरु उत्रीएका छन् ।
सडक साँघुरो बनाएर फुटपाथ फराकिलो बनाउन नहुने माग स्थानियबासीहरुको छ । जसको नेतृत्व जनप्रतिनिधिहरु नै गरि राखेका छन् । यसरी आफै धामी आफै झाक्री भएको नाटक गरिरहेका जनप्रतिनिधिहरु आखिर मेयर शाहको रचनात्मक कामहरुको बिरोध किन गरिरहेका छन् । त्योे बुझ्न बाहिर रुपमा जति सरल भएपनि भित्री रुपमा निकै कठिन छ । आखिर यहाँ पनि राजनीतिक गन्ध आउन थालेको छ । अब हेरौ त्यो राजनीतिक गन्धलाई मेयर शाहले कसरी निरुपरण गर्छन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments