कासिन न्यूज,
काठमाडौं ।
एसिसी महिला एसिया कपमा नेपालले ऐतिहासिक जित निकालेको छ। शुक्रबार भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई ६ विकेटले हरायो। शुक्रबार श्रीलंकाको दम्बुलामा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा नेपालले १६.१ ओभरमा चार विकेट गुमाउँदै जित निकालेको हो।
एसिया कपमा नेपालको यो पहिलो जित हो। यसअघि दुई पटक प्रतियोगिता खेल्दा नेपाल जितविहीन थियो । अब, नेपालले समूह ‘ए’ मा सातपटकको च्याम्पियन भारत तथा बलियो पाकिस्तानसँग खेल्ने तालिका छ।
नेपालको इनिङ्समा ओपनर सम्झना खड्काले सर्वाधिक ७२ रन बनाइन्। उनले ४५ बलमा ११ चौका प्रहार गर्दै जित दिलाएकी हुन्। यसअघि सम्झनाले ३५ बलमा आठ चौकासहित अर्धशतक बनाएकी हुन्। उनको टी – २० आईमा करियरकै यो पहिलो अर्धशतक हो।
पूर्वकप्तान रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। त्यसअघि पहिले ब्याटिङ गरेको युएईको इनिङ्समा अलराउन्डर खुसी शर्माले सर्वाधिक ३६ रन बनाइन्। ३९ बलमा दुई चौका हिर्काएकी खुसीलाई कप्तान इन्दु बर्माले कृतिका मरासिनीबाट क्याच गराएकी हुन्।
त्यसबाहेक कभिसा इगोडेजले २२ रन, समाइरा धर्निधारर्काले १३ र कप्तान इशा ओजाले १० रन बनाइन्। बलिङतर्फ नेपालको लागि कप्तान इन्दु बर्माले तीन तथा सबनम राई, कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट लिएका थिए। इन्दुले चार ओभरमा १९ रन खर्चेकी थिइन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments