काठमाडौंको ढलमा पोलियो भाइरस : पाँच वर्ष मुनिका बच्चाहरुलाई ९, १०, ११ र १२ गते खोप दिइने

- श्रावण ४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाललाई सन् २०१४ मा पोलियोमुक्त देश घोषणा गरिएको थियो । सन् २०१० सेप्टेम्बरपछि नेपालमा पोलियोको भाइरस देखिएको थिएन । तर अचानक काठमाडौंको ढलमा पोलियो भाइरस देखीएको छ । काठमाडौंको टुकुचा–बागमती संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षण गर्दा पोलियो भाइरस पत्ता लागेको हो ।

परिवार कल्याण महाशाखा अन्तगर्तको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतम पोलियो मुक्त देश घोषणा भएको १० वर्षपछि वातावरणमा पोलियो भाइरस देखिनु चिन्ताको विषय भएको बताए । तर, पोलियो भाइरस व्यक्तिमा हालसम्म पुष्टि भने नभएको उनले बताए । उनका अनुसार जेठ ३१ मा नमुना संकलन गरिएको थियो र प्रयोगशालाको रिर्पोट २९ असारमा आएको थियो ।

पोलियोले मूलतः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्छ । पोलियो भाइरस पी१, पी२, पी३ गरी तीन प्रकारका हुन्छन् र तीनवटै प्रकारका भाइरसबाट पोलियो रोग हुनसक्छ। यो रोगलाई ‘पोलियोमाइलाइटिस’ भनिन्छ ।

पोलियो भाइरसबाट संक्रमण भएको व्यक्तिलाई पक्षघात हुनसक्छ र पक्षघात भएपछि निको हुँदैन । यो रोगबाट मृत्यु पनि हुनसक्छ । ढलमा पोलियो भाइरस भेटिएपछि ९ १०, ११ र १२ साउनमा काठमाडौं उपत्यकाका ५ वर्षमुनिका बालबालिकालाई पोलियो दिने भ्याक्सिन महाशाखाले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर