ज्ञानमा भिआईपीको लोगो

- श्रावण ५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
तस्विरमा देखीएका दृष्यहरु दैनिक देखी साप्ताहिक सम्मका छन् । कागेश्वरी मनोहरा नगरपालिका र गोकर्णेश्वर नगरपालिकालाई छुने शिवचोकमा रहेको पिपलको रुखमा पानी चढाउने भक्तजनहरु, आफनो दैनिक रोजीरोटीको लागि दैनिक जसो पशुपति मन्दिर परिसरमा कमाउने भाँडो(स्पिकर र माइक) बोकेर हिडिरहेका आँखा नदेख्ने मानिसहरु जसको दैनिक भनेको आफनो कलालाई देखाएर पशुपतिमा आएका भक्तजनहरुको मन जितेर दैनिकी चलाउने हुन्छ ।।

पिपलको रुखमा पानी चढाउँदै भक्तजनहरु

भने केही दिन अघि देखी पशुपति मन्दिर परिसरमा कोटी होम लागीरहेको छ । भारत देखी नेपाल सम्मका बिद्धानहरुको ज्ञान बाचन सुन्न भक्तजनहरुको भिड लागिरहेको हुन्छ । तर त्यहाँ देखीएको एउटा अक्षरले(भिआईपी कक्ष) भन्ने शब्द र छुट्टीएको गेट देखेर भने अलि मन छोयो । लाग्यो धर्म र ज्ञानमा पनि क्वालिटी छुट्टीदो रहेछ । शास्त्रमा भनिए झै धर्म र ज्ञान भनेको भिआईपी हुँदैन । यो समान हुन्छ । तर अहिले ज्ञानलाई पनि लो क्लास र हाइक्लासको दर्जामा राखिएको देख्दा उदेक लाग्यो ।

भक्तजनको मन जितेर दैनिकी चलाउनेहरु

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर