भण्डारी रविन्द्र : साहुनी सुत्न लागीन दारु मात्रै माग्दोरहेछु
- श्रावण ५, २०८१ मा प्रकाशित
५,साउन ।
दिउँसो देखी पिउँदा पिउँदा साँझमा थाग्दोरैछु ।
जती पटक पार्छिन् साहुनी उती पटक चाख्दोरैछु
देवतालाई पनी चड्ने चिज म मात्र बिटुलो किन
राती साहुनी सुत्न लागीसकिन् दारु मात्रै माग्दोरैछु ।।
कता कती नजर मेरो तिमी तिरै मोडियो अचेल ।
खाना पिना भोक प्यास सबै कुरा छोडियो अचेल
कस्तो रहेछ यो मायाँ भन्ने बुझ्नै नसक्ने खेला रैछ
समाज सँग बन्धन् अनी काँडे तार तोडियो अचेल ।।
सियोको प्वालमा धागो हाल्ने कसरी ।
अँगेनामा दाउरा आगो बाल्ने कसरी
जवानीले थाक्दै जव बिस्राम लिने सुर गर्छ
ज्यान बुढो मन तन्नेरी तव पाल्ने कसरी ।।
रुझ्दै रुझ्दै आएँ मत हातमा ओढा छैन ।
खुसीको त के सिमा भुँईमा गोडा छैन
आतिथ्यता दह्रो होला तिम्रो तर्फबाट
नौ कोसपनि सहजै भो गाडी घोडा छैन ।।
What’s your Reaction?
+1
+1
1
+1
+1
1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments