सरकारले आयोगहरूमै थन्क्याएपछि सचिव अधिकारीले दिए राजीनामा

- श्रावण ५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाल न्याय सेवाका सचिव तोयानाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । हाल नेपाल कानून आयोगमा सचिवमा कार्यरत रहेका अधिकारीको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गरिसकेको छ ।

सचिवमा बढुवा भएको साढे तीन वर्षसम्म पनि सरकारले आयोगहरूमै थन्क्याएपछि उनले राजीनामा दिने निर्णय गरेको निकट स्रोतको भनाइ छ । उनले लामो समय सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवका रुपमा काम गरेका थिए ।

आगामी २८ मंसिरमा ५८ वर्षीय उमेर हदले अवकाश पाउने भए पनि उनले पाँच महिनाअगावै राजीनामा दिएका हुन् । २०५० सालमा निजामती सेवा प्रवेश गरेका उनले ३१ वर्षको कार्यकाल सकाएर आइतबार बिदा हुँदैछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर