•  १२ पुष २०८१, शुक्रबार

प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपले प्रधानमन्त्री हसिनाको विदेश भ्रमण रद्द

- श्रावण ५, २०८१ मा प्रकाशित


रासस/एएफपी,
बङ्गलादेश ।
बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी छिन् । आन्दोलनले चर्को रुप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरु तैनाथ गरिएको छ ।
अस्पतालका झडपमा अहिलेसम्म कम्तीमा १०५ जनाले ज्यान गुमाइसेका छन् । बङ्लादेशमा जारी आन्दोलन नियन्त्रण गर्न प्रहरी असफल भएपछि प्रधानमन्त्रीको कार्यालयले गत मध्यरातबाट सेना परिचालन र कफ्र्यू आदेश जारी हो ।

सरकारले नागरिकहरूको सहायताका लागि कफ्र्यु लगाउने र सेना तैनाथ गर्ने निर्णय गरेको प्रधानमन्त्री हसिनाका प्रेस सचिव नईमुल इस्लाम खानले बताए ।
राजधानी ढाकाका सडकहरू शनिबार बिहानैदेखि सुनसान छन् । सेना र बख्तरबन्द कर्मचारी वाहकले गस्ती गरिरहेका छन् । यसै क्रममा कफ्र्यूलाई बेवास्ता गर्नेलाई प्रहरीले घर फर्काइ रहेको छ ।

कफ्र्यु आइतबारसम्म कायम रहने निजी प्रसारण च्यानल–२४ ले रिपोर्ट गरेको छ । प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय भएको स्पेन र ब्राजिलको भ्रमण विद्यमान अवस्थाका कारण रद्द गरिएको उहाँका प्रेस सचिव खानले जानकारी दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर