कासिन न्यूज,
काठमाडौं ।
कुनै बेला चलचित्रको खडेरी लाग्ने नेपाली चलचित्र(कलिवुड) क्षेत्रले अहिले आफूलाई व्यस्त बनाएको छ । जसै चलचित्र निर्माण क्षेत्रले आफूलाई व्यस्त राख्न थाले । यसका सहकर्मीहरु देखी नायक नायिकाहरुलाई फुर्सद हुन् छोडेको छ ।
त्यस्तै बेफुर्सदी नायक रुपमा अहिले प्रदिप खड्का देखापरेका छन् । अहिले नायक खड्का दिनप्रति दिन बढ्दै छ । एउटा चलचित्रको शूटिङ पूरा हुन् नपाउँदै अर्को शूटिङको चटारोले उनलाई छोइ हाल्छ ।
‘पुजार सार्की’ को अपार सफलताले खड्काको व्यस्तता ह्वातै बढाएको छ । ‘पुजार सार्की’ मा नायक खड्कार्को मैते पात्रको अभिनयलाई दर्शकले नायक खड्काको प्रशंसा पनि गर्न थालेका छन् ।
त्यसो त प्रदिप ‘पुजार सार्की’ अघि पनि केही हिट फिल्म नदिएका होइनन्, यद्यपि, पुजार सार्कीको मैतेको भूमिकाले भने नायक खड्काले दर्शक बृत्तमा गहिरो छाप छाड्न सफल भएका छन् ।
भरखरैमात्र नायक खड्काले ‘एक्टर’ को शूटिङ सिध्याएका छन् भने अहिले उनी कृषा चौलागाईँको फिल्म ‘पिताम्बर’ का लागि तयार भैसकेका छन् । त्यसअघि उनी एक साताका लागि बेलायत प्रस्थान गरेका छन्, त्यहाँ उनी नेपाली फिल्म फेस्टिभल लण्डनमा सहभागि हुनेछन् ।
त्यसो त फिल्मको शूटिङसँगै उनी विभिन्न सामग्रीको विज्ञापनमा पनि व्यस्त छन् । यतिमात्र होइन, उनी नयाँ फिल्मका लागि छलफलमा पनि व्यस्त भइरहेको देखिन्छ । केहि समय अगाडि उनले निर्देशक सुदर्शन थापासँग नयाँ प्रोजेक्टका लागि करार गरेको तस्विर फोटो सामाजिक सञ्जालमा शेयर पनि गरेका थिए ।
यसरी नायक खड्काले एकपछि अर्को फिल्ममा अभिनय गरिरहँदा उनको व्यस्तता त ह्वात्तै बढेको छ, तर संग–संगै उनका प्रशंसकहरु भने खड्कालाई नयाँ नयाँ भूमिकामा देख्न पाइने कुराले दंग परेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments