कासिन न्यूज,
काठमाडौं ।
हिन्दूधर्मशास्त्र अनुसार आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।
यस्तो छ पूजा गर्ने विधि : आइतबारको दिन बिहान छिट्टै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने। त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ।
पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन, गुडहलको फूल र चामल चढाउनुपर्छ। साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ। त्यस पश्चात अब यी दुई मध्य कुनै एक मन्त्रको जप गर्नुहोस्प्रा।तस् स्मरामि खलु तत्सवितुर्वरेण्यम् रूपं हि मण्डलमृचोथ तनुर्यजूंषि। सामानि यस्य किरणास् प्रभवादिहेतुं ब्रह्माहरात्मकमलक्ष्यमचिन्त्यरूपम्। ॐ खखोल्काय शान्ताय करणत्रयहेतवे।
निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव ब्रह्म परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस्।माथि दिइएको मन्त्रको जप गरेर पूजा सकिए पश्चात आफ्नो निधारमा रातो चन्दन लगाउनुहोस्। यसो गर्दा सुर्य दोष नाश हुने भनाइ छ।धर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।
मन्त्र विज्ञान हो, धर्म वा अन्धविश्वास होइन
सामान्यत: मानिसहरूमा के भ्रम छ भने मन्त्रको सम्बन्ध खास धर्मसँग हुन्छ । जब कि अनेकौं वैज्ञानिक अनुसन्धानबाट के प्रस्ट भैसकेको छ भने मन्त्रको सम्बन्ध विज्ञानसँग छ । हरेक धर्म एवं समुदायका मानिसले यसको प्रयोग गरी स्वास्थ्यलाभ गर्नसक्छन् ।
मन्त्रको अर्थ हेर्दा के स्पष्ट हुन्छ भने मनको अर्थ मस्तिष्क हो र त्रको अर्थ तरङ्ग वा कम्पन हो । मन्त्रोच्चारण गर्दा त्यसबाट उत्पन्न हुने कम्पनले हाम्रो मस्तिष्कलाई प्रभावित तुल्याउनुका साथै उक्त समयको श्वासप्रश्वासको लयले शरीरका विभिन्न ग्रन्थिहरूमा समेत प्रभाव पार्छ, जसको सीधा असर स्वास्थ्यमा हुन्छ ।
मन्त्र जप गर्दा मानव शरीर ध्यानको अवस्था र मस्तिष्क अल्फा स्टेटमा पुग्छ । फलत: स्नायु प्रणाली सन्तुलित हुने भएकाले तनावरहित हुन सकिन्छ । मन्त्रको नियमित जपबाट रोगप्रतिरोधक क्षमता वृद्धि हुन्छ किनभने यसको प्रभाव हाम्रो मस्तिष्क तथा स्नायु प्रणालीमा पर्छ जसबाट शरीरका हार्मोनहरू प्रभावित हुन्छन् ।
मन्त्रको सकारात्मक प्रभावका कारण सेराटोनिन एवं डोपामाइनजस्ता ह्याप्पी हार्मोनहरू निस्कन्छन् र मस्तिष्क आनन्दको अवस्थामा पुग्छ । यति मात्र होइन मुड, भोक तथा निद्रासँग जोडिएका हाम्रा मस्तिष्क केन्द्रहरू प्रभावित हुन्छन् र हार्मोनको स्तर सन्तुलित बन्नपुग्छ जसबाट हाम्रो रोगप्रतिरोधात्मक क्षमता सबल हुन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments