बागमतीमा सरकार बद्लिंदै : मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न एमालेको ह्विप

- श्रावण ५, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
केन्द्रिय सत्ता समीकरण सँगै प्रदेशहरुमा प्रभाव अहिले बागमती प्रदेशमा पनि देखीन थालेको छ । नेपाली कांग्रेसलाई सघाउनको लागि नेकपा एमाले आफना सांसदहरुलाई ह्विप नै लगाएको छ ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई एमालेले विश्वासको मत नदिने भएको छ । नेकपा एमाले संसदीय दल बागमती प्रदेशको शनिबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने र विपक्षमा मत गर्ने निर्णय गरेको हो ।

एमालेले आफ्ना सांसदहरूलाई मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेले आफ्ना सांसदहरूलाई आइतबारको प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुने र विपक्षमा मत हाल्न ह्विप जारी गरेको संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले जानकारी दिए ।

सत्ता समीकरण परिवर्तन पछि मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । गत असार १७ मा केन्द्रीय तहमा एमाले कांग्रेस सत्ता समीकरणको सहमति बनेसँगै मुख्यमन्त्री जम्कट्टेल माथि सङ्कट देखिएको थियो ।

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेल नेतृत्वको सरकारबाट असार २४ मा एमालेले समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिँदै ५ मन्त्रीको सामूहिक राजीनामा गराएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका थिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर