कसैलाई कार्यकारी पदमा पुग्नेबित्तिकै शक्तिको अधिक भोग जाग्छ : अध्यक्ष नेपाल
- श्रावण ६, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वको नाममा जनताले अर्को जंगबहादुर नखोजेको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले शासन होइन, जनता बलियो बनाउनुपर्ने बताए ।
शक्तिको केन्द्रीकरणबाट नै स्वेच्छाचारीताको जन्म हुने भन्दै उनले भने, ‘कसैलाई कार्यकारी पदमा पुग्नेबित्तिकै शक्तिको अधिक भोग जाग्छ ।’ एमाले अध्यक्ष ओलीतर्फ संकेत गर्दै उनले अगाडि भने, ‘स्वतन्त्र र स्वायत्त रुपमा चलेका संस्थालाई किन आफू मातहतमा ल्याइन्छ ? त्यसलाई कज्याउने रहर किन जाग्छ ? बुझ्नेलाई इशारा काफी छ ।’
उनले कांग्रेस सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै ओलीलाई शक्तिमा फर्काउन मद्दत गरेकोमा पुछताउने दिन आउन सक्नेतर्फ सचेत गराए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘यस्तो प्रवृत्तिलाई शक्तिमा फर्किन हौस्याउने साथीलाई भन्न चाहन्छु, भोलि पछुताउनु नपरोस् ।’ भूराजनीतिक संवेदनशीलता भएको र बहुलतायुक्त समाजमा निर्वाचित नै भए पनि एउटा व्यक्तिको स्वेच्छाचारीता सम्भव नभएको उनले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments