बिपिको उद्देश्य : आधुनिकरण र प्रविधिमय सबल राजनीतिक दल
- श्रावण ६, २०८१ मा प्रकाशित
६,साउन ।
नेपाली राजनीतिको भूमीमा कहिले नमेटिने नाम हो बिपी बाबु (बिश्वेश्वरप्रसाद कोइराला) । त्यो बेला नेपालमा चलेको कठोर राजनीतिक यात्रा भनौ वा निरंकुश शासन बिरुद्धको यात्रामा आफूलाई होम्याएर नेपाली जनलाई उसको आफनो मौलिक अधिकार दिलाउन लागि परेको राजनीतिक यात्राको सफल व्यक्तित्वको रुपमा पनि अहिले पनि नेपालीले याद राख्ने व्यक्तित्वको हो बिपी ।
दलगत रुपमा कुरा गर्दा नेपाली कांग्रेसको संस्थापक मध्येका एक हुन् बिपी । उनैको पदचापलाई पच्छ्याएर नेपाली राजनीतिमा आफनो यात्रा तय गरेर आफूलाई एउटा सफल राजनीतिककर्मीको रुपमा उभ्याएर अहिले सम्म सत्ता राजनीति हाँकीरहेका धेरै राजनीतिककर्मीहरु छन् ।
नेपाली भूमीमा गाँस बास र कपासको सिद्धान्तलाई लिएर हिँडेका बिपीको यही बिचारले एउटा सोझो नेपालीले आफनो जिविकोपार्जन गर्ने माध्यम बनाएको थियो त्यो पनि कृषिक्रान्तीको माध्यमले ।
अहिले पनि बिपीको त्यही उदारनितीलाई बाहिरी रुपमा अवलम्बनको नौटंकी गर्र्नेहरुको संख्यामा कमि छैन् । बिपीको तस्विरमा माल्यापण गरेर आफू बिपीको ठूलो अनुयायी भएको भाव देखाउनेहरुको जमात अहिले पनि छ । तर बिपीको सिद्धान्तलाई एक छेउमा फालेर राजनीति गर्नेहरुको लहरले अहिले काँग्रेसमा बिपी सम्झनाको एउटा पाटो मात्र भएका छन् ।
हुन् त हाम्रो पुस्ताले बिपीको बारेमा खाली पुस्तक र पुराना राजनीतिक योद्धाहरुको मुखबाट सुनेका मात्र छौ । तर पनि जति सुनियो । त्यो बेलाको राजनीतिक यात्रा निकै सुनौलो थियो रे भन्ने सुनियो ।सधैँ पुरानो तस्विर बोकेर बाबुबाजेले दिएका कुरालाई आड भरोसा गरेर लाग्नु आधुनिनिक र प्रविधिमय संसारको लागि त्यति सुहाउँदैन् । विश्व राजनीतिमा आएको परिवर्तनलाई आत्मसात गर्दै लानु अर्को कुरा हो । र त्यो हुनु पनि पर्छ । तर परिवर्तन भन्दैमा आफनै गतिमा लान खोज्नु भनेको निरंकुशता दोस्रो अंश भन्दा पनि हुन्छ ।
मानिस, संस्था या राष्ट्रलाई इतिहासले समय प्रदान गर्छ, मौका उपलब्ध गराउँछ र केही काल पर्खन्छ तर अनन्त कालसम्म होइन । बिपीले नेपाली राजनीतिमा दिएको देन पनि हो । नेपालको सन्दर्भमा शाहवंशले निकै लामो एकछत्र समय र मौका पाएको हो । तर प्राप्त समय र मौकालाई राजाहरूले सदुपयोग गर्न सकेनन् । उनीहरूमा नागरिकप्रति कर्तव्यबोध वा जिम्मेवारीबोध देखिएन । यसैगरी राजनीतिक दलहरूले उल्लेखनीय मौका पाएर पनि देशलाई उँभो लगाउन सकेनन् । तर यसको आत्म स्वीकारोक्ति पटक्कै देखिंदैन ।
राजनीति शब्द आफैंमा शक्तिशाली र समाज सञ्चालनको प्रमुख नीति एवं मार्गदर्शक सिद्धान्त हो, जसले आफ्ना नागरिकहरूको सुरक्षा र आवश्यकताको अवधारणालाई व्यवहारिक तथा कलात्मक रूप प्रदान गर्दछ । त्यस्तो राजनीति जसले आफूलाई निश्चित विधि मार्फत उचित व्यवहार प्रदर्शनबाट लोकप्रिय सिद्ध गर्दछ । यसका निम्ति जसले लोकसम्मतिको सहारा लिन्छ, त्यसैलाई लोकतान्त्रिक राजनीति भनिन्छ । तर नेपालको राजनीतिलाई यसका वास्तविक मर्म भन्दा टाढै राखियो । यहाँको राजनीति यति साह्रो बिग्रिएला र नेपाल यति धेरै ओह्रालो लाग्ला भन्ने कसैले अनुमान गरेकै थिएनन् ।
कसैले बुझेनन् या बुझ्न चाहेनन् कि ठूलो संघर्ष, स्वार्थरहित त्यागको भावना र बलिदानको जगमा निर्माण भएको नेपाल देश र समयक्रममा स्थापना गरिएको लोकतान्त्रिक पद्धति निस्फिक्री चल्ने संस्था र पद्धति होइनन् । यसका केही आधारभूत शर्त हुन्छन् । जसलाई निष्ठापूर्वक गरिने अभ्यासले मात्रै सार्थक तुल्याउँछ ।
राजनीतिक दलमा निर्णायक रहेका केही मानिसहरूलाई लागेको छ, ‘लोकतन्त्रलाई मनलाग्दी उपयोग गर्दा, चिथोर्दा र लुछ्दा पनि फरक पर्दैन । संविधानका व्यवस्थालाई यान्त्रिक अनुशरण गरेपुग्छ, आम नागरिकका भावनात्मक पक्षको ख्याल गर्नु पर्दैन । अर्थात् लोकतन्त्र निशर्त र अराजक प्रणाली हो ।’
यस्तो प्रवृत्तिले टाउको उठाएको वर्तमान परिप्रेक्ष्यमा लोकतान्त्रिक राजनीतिका केही पहलहरू बारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । किनभने नेपाल अब यथास्थितिमा बस्न सक्दैन । यथास्थितिमा राख्न खोजे भयानक दुश्परिणामका लागि हामी सबै तयार रहनुपर्नेछ । नत्र बिपिलाई सम्झनुको कुनै मतलव छैन् ।
विसं २०३९ साउन ६ गते निधन भएका बिपि लाई हरेक वर्ष साउन ६ गतेलाई बिपी स्मृति दिवसका रुपमा याद गर्ने चलन कांग्रेसले बसाएको छ । विसं २००५ सालमा बनारस, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका कांग्रेसको महाधिवेशनमा उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका बिपिले नेपाली जनतालाई कांग्रेस निकट बनाउन निकै मेहिनेत गरेका थियो । नेपालमा राजनीतिक दलको प्रार्दुभाव गराउने मुख्य व्यक्तिको रुपमा पनि विपि बाबुलाई लिइने गरिन्छ ।
राजनीतिक यात्राको लामो समय कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका
कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए ।विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि विपि लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दी गृहमा बन्दी बनाइएको थियो ।
विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश भर्किएका थिए ।
उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ । बिपीले राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पु¥याएका छन् । अब कांग्रेसले आफूलाई रुपान्तरित गरि बिपिको उद्देश्यलाई आधुनिकरण र प्रविधिमय बनाएर एउटा सबल राजनीतिक दल बनाउनु जरुरी भै सकेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments