जिर्ण बन्दै नगरपालिका : आवश्यकिय पूर्वाधारहरुको बिकास नाममा सिमित
- श्रावण ७, २०८१ मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
देशका गन्यमान्य व्यक्तिहरु देखी सरकारी निकायको उच्च ओहदाका मानिसहरुको बास बस्ने थलो भएको छ अहिले काठमाडौंको मुलपानीमा रहेको ग्रिन हिल सिटी । राम्रो कन्सेप्ट र उच्च सोचबाट निर्माण भएको यो बासस्थानको भित्री रुप जति सहज र राम्रो छ ।
ठिक त्यसको बिपरित भनौ बाहिरको माहोल भने त्यति सहज छैेन् । हरेक कुराको अरुको भर पर्नु पर्ने अवस्था छ । व्यस्थित शहरको धारणा अनुसार नगरपालिकामा रुपान्तरित भएको गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले छोएको यो क्षेत्रमा आवश्यकिय पूर्वाधारहरुको बिकासको नाममा अहिले सम्म केही भएको जस्तो भान हुँदैन ।
बढ्दो बस्तीको चाप त आफनो ठाउँमा छँदै छ । तर जसरी बस्तीको चाप बढ्दै त्यसको दाँजोमा यो नगरपालिकामा आवश्यकिय बस्तुहरुको कमिको लाइन नै लागेका छन् । जस्तै मानव जीवनको लागि अति आवश्यकिय बस्तु पानी । पानी बिना कोही पनि बाच्न सक्दैन । तर यही खानेपानीको मूल समस्याले गाँजेको छ गोकर्णेश्वरलाई । जारका भारीहरुले अहिले गोकर्णेश्वरका घरहरु भरिएका छन् । मेलम्चीको कल्पनालाई देखाए पनि यहाँ पानी आउने सम्भावना रहेको छैन् ।
गोकर्णेश्वरको अर्को जटिल समस्या भनेको यातायत हो । ग्रिन हिल सिटी छेउबाट बाहिरीए सँगै मानिसहरुलाई मुख्य पर्ने समस्या भनेको यातायत हो । निलो माइक्रो ट्याम्पुको एकाधिकार रहेको शिव चोक क्षेत्रबाट पशुपति हुँदै रत्नपार्क सम्म पुग्न ठूलै तिर मार्नु पर्ने अवस्था रहेको छ । यातायतको सहज र सरल छैन भन्दा पनि हुन्छ ।
यो त भयो ग्रिन हिल सिटी छेउको अर्याल गाउँको दुःखेसो । यस्ता दुखेसोका चांगहरुले भरिएको छ गोकर्णेश्वर नगरपालिका । यो नगरपालिका भित्र पर्ने सडकका कथा भने निकै कष्ट नै छन् । यो नगरपालिका भित्र पर्ने सडकका बारेमा त बिगत देखी विभिन्न समाचार माध्यमहरुले लेख्दै र प्रशारण गर्दै आईरहेका छन् ।
जस्तैै उदाहरणको लागि यही नगरपालिका भित्र पर्ने पहेंलो पुल पुग्ने मुख्य सडकको हालत हेर्दा कसैको दिमागलाई छुन्छ । केही कालोपत्र थपिएको सडक अहिले जस्ताको त्यस्तै भएको छ । मुख्य सडक अहिले पानीको आहालमा डुबेको छ । सडकको यात्रा गर्ने यात्री दैनिक यस्ता सास्तीहरु झेल्दै आएका छन् । वाग्मती नदीहुँदै निस्कने लगायत नगर क्षेत्रका भित्री सडकको अवस्था देखेर स्थानियबासी मात्र बटुवाहरु समेत दिक्दार मान्न थालेका छन् ।
नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ देखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको यो सडकमा अहिले पानी जमेर पैदल हिँड्न नसकिने अवस्थामा पुगेको स्थानीयवासी सरस्वती खड्काको गुनासो थियोे ।
यो सडकका नाममा नगरपालिकाको पाँच आर्थिक वर्षसम्म लाखौँ रकम विनियोजन गर्दै आए पनि काम भने उपभोक्ता समितिलाई दिँदा गुणस्तरीय हुनसकेको छैन । उपभोक्ता समितिले मनपरी खर्च गर्दा सडकको यस्तो अवस्था भएको हो । यसतर्फ सरोकार भएका निकायको ध्यान जान नसकेको उनले बताइन ।
सो विषयमा नगरप्रमुख दीपककुमार रिसालसँग सोध्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । उपभोक्ता समितिले आयोजनाको सूचना पार्टीसमेत नराखी अपारदर्शी रुपमा काम गर्ने गरेको स्थानीयवासीको भनाइ थियो ।
स्थानीयवासीको सरोकारका यी समस्या बुझेर नगरपालिकाले काम नगर्दा वर्षामा हिलो र हिउँदमा धुलाम्ये सडक हुने भएकाले पीडित हुनुपरेको स्थानीयवासी पार्वती पुडासैनीले बताइन् ।
नगरपालिकाले हेर्नुपर्ने सडकको काम उपभोक्ता समितिलाई दिएर नगरपालिकाका प्राविधिक कर्मचारीले ध्यान नदिँदा वर्षामा हिँड्न नसकिएको भन्दै स्थानियबासीको गुनासो छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments