मुख्यमन्त्रीमा कांग्रेसका युवा नेता लामाको दावी

- श्रावण ७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेस र नेकपा एमाले सत्ता समिकरण(गठबन्धन)को प्रभाव प्राय सबै जसो प्रदेश सरकारहरुमा परिरहेको छ । मुख्यमन्त्रीहरु कोही विश्वासको मतको पछाडी लागेका छन् भने कोही राजीनामा दिंदै छन् ।

कांग्रेसको सर्मथनमा पूर्ण बहुमतका साथ विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बने सँगै प्रदेशका सरकारहरुमा एक प्रकारको हल्लीचल्ली मच्चिन थालेको छ ।

त्यहि हल्लीचल्ली मच्चिएको प्रदेश मध्ये पर्छ बागमती प्रदेश । माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल पदबाट राजीनामा दिएपछि प्रदेश नेतृत्व अब कांग्रेसको काँधमा आइपुगेको छ ।
एमाले र कांग्रेसको आपसि सहमति अनुसार अब प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्ने पक्का भएको छ । त्यो पनि प्रदेशका संसदीय दलका नेता एवं कांग्रेसका युवा नेतृत्व नुवाकोटका बहादुरसिंह लामाको पोल्टामा मुख्यमन्त्री पद आउने भएको छ ।

कांग्रेसका आन्तरिक राजनीतिको प्रभाव बागमती प्रदेशमा पनि नपरेको होइन । नेता लामाको दावी सँगै बागमती प्रदेश कांग्रेसका सभापति इन्द्र बहादुर बानियाँ पनि मुख्यमन्त्रीमा दावी गरेका थिए ।

तर प्रदेश संसदीय दलले लामालाई सर्वसम्मत मुख्यमन्त्रीमा नाम समावेश गर्यो । ब्यापारिक पृष्ठभूमी भएका लामा नुवाकोटको राजनीतिमा भिजेका नेता हुन् । राजनीति सँगै ठूला ठूला बिकास निर्माणका कार्यमा हात हालिरहेका लामालाई मुख्यमन्त्रीम दावी पेश गर्ने बाटो खुलेको छ । सोमबार नै लामाले मुख्यमन्त्री पदमा आफनो दावी पेश गर्नेछन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई यही साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका थिए ।
सोही अनुसार “दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भएको हो ”, मुख्यमन्त्रीका दावेदार नेता लामाले भने , “नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले आज बिहान १० बजे बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्छु ।”

नयाँ राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै अर्काे सरकार गठन नहुञ्जेलसम्म उनलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर