श्रेयस र कृतेशलाई अनरेबल मेन्सन अर्वाड

- श्रावण ७, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं
१ सय ८ राष्ट्रका ६ सय ९ विद्यार्थी सम्मिलित ६५ औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा प्रतिस्पर्धामा नेपाललाई ऐतिहासिक सफलता मिलेको छ । बेलायतको बाथमा आयोजित गणित ओलम्पियाडमा नेपालका श्रेयस शर्मा बास्तोला र कृतेश ढकालले सफलता हात लगाएका छन् ।

उनीहरुले एक–एक वटा अनरेबल मेन्सन (एचएम) प्राप्त गरेका थिए । नेपाललाई सफलता मिलेको खुशी व्यक्त गर्दै उक्त समूहका प्रमुख एवम् नेपाल गणित संघका महासचिव छवि ढुंगानाले प्रतियोगितामा नेपालबाट ढकाल र बास्तोलासहित ६ जनाले सहभागिता रहेको बताए । अन्य सहभागीहरुमा सौगात ढकाल, राहुल भुजेल, द्रोण चौधरी र सम्पन्न भण्डारी रहेका थिए ।

गणित ओलम्पियाडमा सहभागी

उनीहरुलाई नेपालमा ३ हजारभन्दा बढी विद्यार्थीहरुमा प्रतियोगिता गराएर छनोट गरिएको ढुंगाना बताउँछन् । प्रतिस्पर्धाका लागि टीमका डेपुटी लिडर नारायण पौडेल, प्रशिक्षक प्रजित अधिकारी र टिम संयोजक तथा संस्थाका उपाध्यक्ष हरि प्रपन्न कँडेल पनि बेलायत पुगेका थिए । संसारकै ठूलो प्रतियोगिताको रुपमा रहेको ओलम्पियाड जुलाई ११ देखि २२ जुलाईसम्म हुनेछ ।

 

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर