जुवा खेलाउने,बाघचाल खेल्ने र बाउन्सरहरूलाई कानून लगाउँदा सरुवामा पर्छन प्रहरी अधिकृत
- श्रावण ७, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सत्ता परिवर्तन सँगै सबैभन्दा बढी प्रभाव पर्ने संगठन मध्ये अग्रभागमा आउने संगठन हो नेपाल प्रहरी । नेपाल प्रहरीमा हुने सरुवा कार्यलाई दुर्भाग्य भन्ने किअसल कार्य भन्ने त्यसको कुनै उत्तर छैन । सरुवा भएर गएको स्थानमा ५ महिना पनि पुगेको हुँदैन सत्ता परिवर्तनले प्रहरीलाई थला पारी हाल्छ । प्रहरीको नियमानुसार कुनै पनि अधिकृतलाई कुनै स्थानको कमाण्ड सम्हाल्ने अवधि पहिले नै तोकेर पठाए पनि सत्ता परिवर्तनको प्रभावले राम्ररी काम गर्न नपाउँदै कमाण्डरहरु सरुवा लिन बाध्य हुन्छन् ।
यही भेल फेरी नेपाल प्रहरीमा आएको छ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार बनेपछि गृह मन्त्रालयको जिम्मा कांग्रेसले पायो , गृहमन्त्रीको रुपमा रमेश लेखकलाई पठाएको छ ।लेखक गृहमन्त्री भएर आए सँगै प्रहरी मुख्यालयले आफना ५ प्रहरी उपरिक्षक(एसपी) र ९ प्रहरी नायब उपरिक्षक(डिएसपी)हरुको सरुवा गरिएको छ । जसले आफनो कमाण्ड अवधि नै पूरा गर्न नपाउँदै फिर्ता हुनु परेको छ ।
प्रहरी नियमावली–२०७१ अनुसार जिल्लामा कमाण्डर भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा गर्नुपर्ने व्यवस्था छ । तर, गृह मन्त्रालयमा नेतृत्व फेरिएपछि यो नियमले कुनै सरोकार राख्दैन । पूर्व गृहमन्त्री रवि लामिछानेले नियुक्त भएको १ महिनामा तराईका ६ जिल्लाका प्रहरी उपरीक्षकहरू सरुवा गरेका थिए । त्यसबेला महोत्तरीबाट श्याम कुमार राई र सर्लाहीबाट दयानिधि ज्ञवालीलाई ५१ दिनमा नै फिर्ता बोलाएका थिए ।
उता तनहुँका इन्चार्ज (एसपी) अपिल राज बोहरा २०८० फागुन १ मा सरुवा भएका थिए । त्यहाँ हाजिर भएको ५ महिनामा नै उनलाई हटाइएको छ । जुवाखालबाट ३ हजार ४ सय बरामद भएका ‘महिला समूह’ र बाघचाल खेल्नेहरूलाई मुद्दा चलाएको भन्दै उनलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक बरिष्ठ प्रहरी अधिकृतले कासिन न्यूज सँगको कुराकानीमा भने ।
स्थानीय कांग्रेस नेतृत्वको आग्रहमा गृहमन्त्री लेखकले उनलाई सरुवा गर्न आईजीपीलाई निर्देशन दिएका हुन् । बोहरालाई हटाएर तनहुँमा वीरेन्द्र बहादुर शाहीलाई पठाइएको छ । रौतहटको चन्द्रनिगाहापुरमा कार्यरत गौरव महतलाई प्रधान कार्यालयले ७ महिनामा हटाएको छ । उनी पुस ९ मा हाजिर भएका हुन् । महत कसैको कुरा नसुन्ने र कानुन बमोजिम कारबाही गर्ने स्वभावका अधिकृतको रूपमा चिनिन्छन् ।
प्रहरी प्रधान कार्यालयले कास्की स्थित वडा प्रहरी कार्यालय बैदाममा डीएसपी राजेन्द्र श्रेष्ठलाई पनि अवधि नपुग्दै काज सरुवा गरेको छ । डीएसपी श्रेष्ठलाई क्लब सञ्चालकको दबाबमा सरुवा गरेको आरोप छ । डीएसपी श्रेष्ठ २०८० असोजमा बैदाममा हाजिर भएका थिए । श्रेष्ठले क्लब–१६ मा कार्यरत दुई जना बाउन्सरलाई मुद्दा चलाएको कारण सो क्लबको संचालकको दबाबमा सरुवा गरिएको आरोप छ ।
बाउन्सरलाई मुद्दा चलाएपछि क्लब सञ्चालक रमेश कार्कीले प्रहरी प्रधान कार्यालय र अख्तियारमा उजुरी हालेर डीएसपीलाई सरुवा गर्ने लबिङ गरेको पोखराका व्यवसायीहरू बताउँछन् । रेस्टुरेन्ट व्यवसायी सङ्घ पोखराका अध्यक्ष नरेश भट्टराई भन्छन्, ‘पोखराका पर्यटन व्यवसायीहरुको नाममा उजुरी हालिएको रहेछ, व्यवसायीलाई त्यसबारे जानकारी छैन ।’
अहिले बैदाममा सन्तोष निरौलालाई पठाइएको छ । रौतहटको चन्द्रनिगाहापुरमा राजकुमार राईलाई पठाइएको छ । उदयपुरमा कार्यरत एसपी रमेश थापा र जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदिप पाठकलाई पनि सरुवा गरिएको छ । भोजपुरमा डीएसपी युवराज तिमिल्सिनालाई खटाइएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments