राजनीति सँगै बिकास निर्माणका कार्यमा हात हालिरहेका कांग्रेस नेता लामा मुख्यमन्त्री बन्दै

- श्रावण ८, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेस र नेकपा एमाले सत्ता समिकरण(गठबन्धन)को प्रभाव प्राय सबै जसो प्रदेश सरकारहरुमा परिरहेको छ । मुख्यमन्त्रीहरु कोही विश्वासको मतको पछाडी लागेका छन् भने कोही राजीनामा दिंदै छन् ।

कांग्रेसको सर्मथनमा पूर्ण बहुमतका साथ विश्वासको मत प्राप्त गरेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बने सँगै प्रदेशका सरकारहरुमा एक प्रकारको हल्लीचल्ली मच्चिन थालेको छ ।

त्यहि हल्लीचल्ली मच्चिएको प्रदेश मध्ये पर्छ बागमती प्रदेश । माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल पदबाट राजीनामा दिएपछि प्रदेश नेतृत्व अब कांग्रेसको काँधमा आइपुगेको छ ।
एमाले र कांग्रेसको आपसि सहमति अनुसार अब प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्ने पक्का भएको छ । त्यो पनि प्रदेशका संसदीय दलका नेता एवं कांग्रेसका युवा नेतृत्व नुवाकोटका बहादुरसिंह लामाको पोल्टामा मुख्यमन्त्री पद आउने भएको छ ।

कांग्रेसका आन्तरिक राजनीतिको प्रभाव बागमती प्रदेशमा पनि नपरेको होइन । नेता लामाको दावी सँगै बागमती प्रदेश कांग्रेसका सभापति इन्द्र बहादुर बानियाँ पनि मुख्यमन्त्रीमा दावी गरेका थिए ।

तर प्रदेश संसदीय दलले लामालाई सर्वसम्मत मुख्यमन्त्रीमा नाम समावेश गर्यो । ब्यापारिक पृष्ठभूमी भएका लामा नुवाकोटको राजनीतिमा भिजेका नेता हुन् । राजनीति सँगै ठूला ठूला बिकास निर्माणका कार्यमा हात हालिरहेका लामालाई मुख्यमन्त्रीमा दावी पेश गर्ने बाटो खुलेको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरूलाई यही साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर दाबी पेस गर्न आह्वान गरेका थिए ।
सोही अनुसार “दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेस गर्ने सहमति भएको हो ”, मुख्यमन्त्रीका दावेदार नेता लामाले भने , “नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भइसकेकाले मंगलबार बहुमत प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गर्दैछन् ।

नयाँ राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा पत्र बुझाएका थिए । प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै अर्काे सरकार गठन नहुञ्जेलसम्म उनलाई कामचलाउ मुख्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर