सौर्य एयरलाईन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु (नामावलीसहित)

- श्रावण ९, २०८१ मा प्रकाशित


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाईन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

पाइलट मनिषरत्न शाक्यको जीवीतै उद्धार गरिएको छ र उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको हो । उनीहरु सबै सौर्यकै कर्मचारी हुन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृतकको पोष्टमार्टमको तयारी भैरहेको छ ।

धावन मार्गबाट उड्ने बित्तिकै विहान ११ बजेर ११ मिनेटमा जहाज दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटना भएको थियो । दुर्घटना भएको जहाज विमानस्थलमा राखिएको एक कन्टेनरलाई ठक्कर दिँदै बजारिएको तल भुईँमा बजारिएको थियो । मर्मतका लागि पोखरा लैजान लागिएको जहाजमा सौर्य एयरलाइन्सका १८ कर्मचारी र पाइलट मनिष शाक्य गरी १९ जना थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर