‘हवाई दुर्घटनाका कारण देशको साख नै कमजोर बन्यो’
- श्रावण १३, २०८१ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौँ, १३ साउनः प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद शिशिर खनालले परीक्षणका लागि कास्कीको पोखरा लैजान खोजिएको सौर्य एयरलाइन्सको जहाजमा अप्राविधिक व्यक्ति किन चढाइएको हो भन्ने प्रश्न गर्नुभयो । उहाँले पछिल्ला दिनमा हवाई दुर्घटनामा वृद्धि भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च पदस्थ कर्मचारीलाई कुनै जिम्मेवार नबनाइएका आपत्ति प्रकट गर्नुभयो ।
सांसद धवलशम्सेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमन र सेवा प्रदायक नछुट्याउँदा समस्या पैदा भएको, मुलुक कालोसूचीमा परेको बताउनुभयो ।
राष्ट्रियसभाले पारित गरेको प्राधिकरणसँग सम्बन्धित विधेयक प्रतिनिधिसभामा पेस हुन नसक्नुको पछाडिको कारण पत्ता लगाउन उहाँको आग्रह थियो । सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनका संलग्न उच्च प्रहरी अधिकारीलाई दुई महिना पनि नपुग्दै सरुवा गरिएका कारण के हो भन्ने प्रश्न गर्नुभयो ।
सांसद मेटमणि चौधरीले डेडिकेटेड र ट्रङ्कलाइन प्रयोग गर्ने उद्योगले महसुल तिर्नैपर्ने बताउनुभयो । उहाँले ठूला व्यवसायीलाई सदासयता देखाउने र साना तथा कमजोरको लाइन काटिने अवस्थाको अन्त्य कहिले हुने होला भन्ने जिज्ञासा राख्नुभयो ।
सांसद रञ्जुकुमारी झाले सौर्य एयरलाइन्सको दुर्घटनाको निष्पक्ष छानबिनको माग गर्नुभयो । “मर्मत गर्नुपर्ने जहाजमा किन असम्बन्धित व्यक्तिलाई चढाइयो ?”, उहाँले प्रश्न गर्नुभयो ।
सांसद अब्दुल खानले पछिल्लो १५ दिनमा हृदय विदारक घटना भएको उल्लेख गर्दै सौर्य एयरलाइन्स र सिमलताल दुर्घटनामा परेका नागरिकप्रति सरकारले विभेद गरेकामा गुनासो गर्नुभयो ।
सांसदद्वय गंगाराम चौधरी र राजकिशोर यादवले पनि बस दुर्घटना र हवाई दुर्घटनामा परेका नागरिकप्रति राज्यले नै विभेद गरेको बताउनुभयो । उहाँले मर्मत सम्भारमा जान लागेको जहाजमा महिला, बालबच्चा किन राखियो भन्ने प्रश्न गर्नुभयो ।
सांसद रामप्रकाश चौधरीले खेतीको समयमा किसानले यथेष्ट मात्रामा रासायनिक मल प्राप्त गर्न नसकेको भन्दै गुनासो गर्नुभयो । सांसद प्रेम सुवालले मुलुकका विभिन्न वेथिती मौलाएको भन्दै जिम्मेवारीमा रहेकालाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले डेडिकेटेड र ट्रङ्क लाइनबाट बिजुली प्रयोग गरेका उद्योगलाई कुनै पनि हालतमा छुट दिन नहुने बताउनुभयो ।
सांसद नारायणप्रसाद आचार्यले देशभर अलपत्र परेका विभिन्न विकास आयोजनाको शीघ्र सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचित जनप्रतिनिधिको संयोजकत्वमा विकास निर्माणका आयोजना छनोट गर्ने र कार्यान्वयनमा लैजाने गरी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद दामोदर पौडेलले कास्कीको विभिन्न स्थानमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै प्रभावितलाई क्षतिपूर्ति र राहतको प्रबन्ध गर्न माग गर्नुभयो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments