पशुपतिनाथ मन्दिरमा देखिएको भिड

- श्रावण १४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठामाडौं— आज श्रावणको दोस्रो सोमवारका दिन पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भिडभाड पहिलो सोमवार भन्दा पनि बढि देखिएको छ । पहिलो सोमवार दिउँसभरी झरी पर्दा पनि आरध्यदेव श्री पशुपतिनाथको दर्शन गर्न र कोटीहोम मा कथा सुन्न आउने भक्तजनहरुमा कुनै कमि आएको देखिएन ।
श्रावण महिना र श्रावणको सोमवार भगवान शिवको प्रिय महिना र विशेष वार भएकोले भक्तजनहरुको लागि सर्वोत्तम महिना मानिन्छ । यो महिनामा सोमवारको दिन व्रत बस्ता राम्रो फल प्राप्त हुने, राम्रो सोच, विचार, ज्ञान, विवेक, शुद्धता, शान्ति आदी फल प्राप्त भई शरीर स्वस्थ र मन शान्त रहने धारण रहेको छ ।
श्रावण महिना विशेष रुपमा महिला दिदिवहिनीहरुले भगवान शिवजीको पूजा आरधना गर्दै चुरा धागो, टिका पोते, कपडा समेत हरियो लगाई व्रत बसि सौभाग्य, श्रीमानको दीर्घायु, आफ्नो परिवारको सुख, शान्तिको कामना प्राप्त हुने र अविवाहितले व्रत बस्ता असल श्रीमान् पाउने र विभिन्न पेसा कर्ममा लागेका व्यक्तिहरुको मनकामना पुुरा हुने विश्वास रहेको छ ।
श्रावण महिना प्राकृतिक रुपले हरीयाली त्यसमा पनि महिला दिदिबहिनीहरुको हरियो पहिरनले बास्तबिक रुपमा यो महिना विशेष नै रहेको र धर्म कर्म गर्दा फल राम्रो नै प्राप्त हुने नै देखिन्छ । जय भोेले ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर