“भारतमा विनासकारी पहिरोले १४३ को ज्यान लग्यो”
- श्रावण १६, २०८१ मा प्रकाशित
कासिन न्यूज , काठमाडौं –
भारतको वायनाड गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १४३ पुगेको छ । पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ ।
विनासकारी पहिरोले आवास तथा सडकहरू क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पु-याएको जनाइएको छ ।
यसैबीच, मङ्गलबार केरला विधान सभामा राष्ट्रिय झण्डा आधा झुकाएको छ भने दुई दिने शोकको घोषणा गरेको छ ।
मङ्गलबार सङ्घीय मन्त्री जर्ज कुरियनले जारी राहत कार्यको समीक्षा गर्न वायनाड पुगी एनडीआरएफ, सीआरपीएफ र सेनाका वरिष्ठ अधिकारीहरूसँग भेट गरेको र राहत शिविरकोसमेत अवलोकन गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराउनुभएको छ ।
मन्त्री जर्जले यसअघि, वायनाड पहिरोकोे जारी अवस्थाको मूल्याङ्कन गर्न स्वास्थ्य विभाग निर्देशनालयको भ्रमण गरी प्रभावित क्षेत्रमा उपचारको व्यबस्था मिलाउन निर्देशन दिनु भयो । मन्त्री जर्जले आवश्यकता अनुसार अस्थायी अस्पताल स्थापना गर्न सिफारिससमेत गर्नु भयो ।
यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले जुलाई ३१ र अगष्ट १ मा केरलामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
मुख्यमन्त्री पिनाराई विजयनले वायनाडको पहिरो प्रभावित चुरालमालामा उद्धार कार्र्य द्रूत बनाउन उच्चस्तरीय बैठक आयोजनमा गर्नु भएको थियो । यसमा विभिन्न केन्द्रीय सङ्घसंस्था र सेनासँगको सहकार्यमार्फत राहत अभियान अघि बढाउने विषयमा छलफल भएको थियो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments