“बर्दघाट नगरपालिका को राष्ट्रप्रतिको सम्मान”

- श्रावण १७, २०८१ मा प्रकाशित


कासिन न्यूज , काठमाडौं –
बर्दघाट नगरपालिकाले सामूहिक रूपमा राष्ट्रिय गीत गायनपछि मात्र दैनिक सेवा प्रवाह गर्न थालेको छ ।

हरेक दिन ठीक १०ः०० बजे सबै कर्मचारीहरूको उपस्थितिमा राष्ट्रपतिसम्मान जनाउँदै राष्ट्रिय गीत गाएर कार्य थालिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदीपकुमार राई ब्याकुल माइलाको रचना तथा सङ्गीतकार अम्बर गुरूङको सङ्गीतमा देशका चर्चित कलाकारले सामुहिक रूपमा श्वाराङ्कन गर्नुभएको ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली’कार्यालयमा विद्यतीय उपकरणबाट बजाउने व्यवस्था मिलाइएको छ । हरेक दिन कार्यालय समय प्रारम्भ हुनेवित्तिकै जनप्रतिनिधि कर्मचारी राष्ट्रिय गान गाउँनुहुन्छ ।

राष्ट्रिय गानबाट सेवा सुरु गर्दा कार्यालयमा आउने सेवाग्राही र कर्मचारीहरूमा राष्ट्रप्रतिको सम्मान बढ्ने नगरप्रमुख श्रेष्ठको बताउनुहुन्छ ।

लुम्बिनी प्रदेशमा यस अगावै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक राष्ट्रिय गान साथै पालिका गान गाएर सेवा प्रवाह गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर