“कांग्रेसले कर्णाली प्रदेशसभामा चार मन्त्रीको नाम सिफारिस”

- श्रावण १८, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको बैठकले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारमा सहभागी गराउन चार मन्त्रीको नाम सिफारिस गरेको छ दलको आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम सिफारिस गर्ने निर्णय गरेको प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिनुभयो ।

दलको बैठकको निर्णयअनुसार सिफारिस भएका चारैजना मन्त्रीको नाम मुख्यमन्त्रीसमक्ष पठाएका छौँ ।उहाँले भन्नुभयो, “तत्काल नियुक्ति दिएर शपथ ग्रहणका लागि प्रदेश प्रमुखसमक्ष अनुरोध गर्ने काम उहाँले अगाडि बढाउनुहुन्छ । सिफारिस मन्त्रीहरुमा विजया बुढा हुम्ला, राजीवविक्रम शाह जाजरकोट, सुरेश अधिकारी सल्यान र घनश्याम भण्डारी दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।”

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर