परराष्ट्र सचिव लम्साल ओमान जाँदै

- श्रावण २०, २०८१ मा प्रकाशित


कासिन न्यूज, काठमाडौं ।
परराष्ट्र सचिव सेवा लम्साल जाँदैछिन् ।

यही साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागिताका लागि उनी सोतर्फ जान लागेकी हुन् । कार्यक्रम ओमनको राजधानी मस्कटमा हुँदैछ ।

मन्त्रालयका अनुसार सोमबार सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व त्यसतर्फ जाँदैछिन् ।

भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

उनी यही साउन २५ गते स्वदेश फर्किने कार्यक्रम छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर