आज श्रावण महिनाको तेस्रो सोमवार पशुपतिनाथमा घटेन भिड
- श्रावण २१, २०८१ मा प्रकाशित
कासिन न्यूज , काठमाडौं-
आज श्रावण महिनाको तेस्रो सोमवार दिन अघिल्ला सोमवार भन्दा पनि बढि भक्क्तजनहरुको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहान ४ः०० बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरेर सहज रूपमा दर्शनको व्यवस्था मिलाएको छ ।
पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ, आज त बोलबमवालाहरूको पनि ठूलो सङ्ख्यामा घुइँचो लागेको छ । मन्दिरका चारै ढोका खुला गरेर भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाएको छ साथै दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन गरिएको कुरा पशुपति विकास कोषले जनाएको छ ।
साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा पशुपतिनाथ मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो । साउनमा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्दछ, उहाँले भन्नुभयो, “बोलबम यात्रा गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने चलन छ ।
श्रावण महिना विशेषत हिन्दुहरु दिदिवहिनीहरुको लागि हरीया चुरा पोते तथा कपडा पहिरन लगाई व्रत बसि शिवको पुजाआजा गर्नेहरुको भिडभाड धेरै देखिएको छ । पशुपति क्षेत्रभित्र लगाइएको कोटिहोमले उपस्थित भक्क्तजनहरुको भिडभाडले गर्दा ट्राफिक व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको देखिन्छ ।
सामाजिक सञ्जालमा कोटिहोमबाट प्राप्त दान र कथा बाचकलाई प्रदान गरीएको दक्षिणको बारेमा धेरै नै टिकाटिप्पणि भएको छ किनभने धर्मको नाममा व्यापार गर्ने पवृद्धि बढेको जनगुनासो आई रहदा त्यहाँ उपस्थित भक्क्तजनलाई प्रश्न गर्दा हामिले आफ्नो मनबाट दान गरेको मा यस्ता नकारात्मक कुरा गर्ने भनेको दिमाख नभएकाले मात्र गर्छन् भन्ने जवाफ आउछ ।
भगवान् पशुपतिनाथको कृपाले नै यो देश चलिरहेको छ भन्ने भनाइलाई लाखौ भक्क्तजनहरुको उपस्थितिले सत्य सावित गरेको देखिन्छ । एकातिर बोलबम बोलबम र ॐ नमः शिवाय ॐ नमः शिवाय भन्नेहरुको भिडभाडले पशुपति परिशर छिर्दा आनन्द प्राप्त हुने गर्दछ । आज पशुपति मन्दिर सहित गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments